सानिमा लाइफको ‘धन सञ्चय’ बीमा योजनाः पाँच वर्ष बीमाशुल्क तिरे जीवनभर ढुक्क

Advertisement

काठमाडौं । सानिमा लाइफले ‘धन संञ्चय’ बीमा योजना सञ्चालन गरिरहेको छ । यो योजना लोकप्रिय योजनामध्ये एक रहेको कम्पनीले जनाएको हो ।

पछिल्लो समय ‘धन सञ्चय’ योजनामा ग्राहकको आकर्षण बढ्नुको पछाडी कम्पनीले केही विशेषताहरुले प्रभाव पारेको भन्दै कम्पनीले यस योजनामा ग्राहकले पहिलो पाँच वर्ष बीमाशुल्क बुझाए भने बाँकी बीमा अवधि १५ वर्षकै बीमा हुने जानकारी दिएको छ ।

Advertisement

‘धन संञ्चय’ बीमा योजना विशेषगरी विदेशमा काम गर्न गएकालाई लक्षित गरेर ल्याइएको योजना हो । मानिससँग पैसा कहिले हुने कहिले नहुने भएकाले विदेशमा कमाएको बेलामा नै बीमा गर्ने र त्यसबाट जीवनभर लाभ उठाउने सोचका साथ यो योजना सञ्चालनमा ल्याइएको हो । 

पाँच वर्ष बीमाशुल्क बुझाउँदा बीमितले बाँकी जीवनभर बीमा सुविधा पाउन सक्नेछन् । पन्द्र वर्ष पुग्दा बीमितले बीमांक रकम र आर्जित बोनस दुवै पाउँछन् भने त्यसपछि पनि आजीवन बीमितको रक्षावरण हुने आकर्षक बीमा योजना सानिमा लाइफले ल्याएको हो । 

कम्पनीका अनुसार यस योजनामा बीमितले १६ वर्षदेखि प्रवेश गर्न सक्नेछन् । त्यस्तै, बीमितले ६५ वर्षको उमेरसम्म यो योजना खरीद गर्न सक्ने कम्पनीले जानकारी दिएको छ । यस  योजनाको समयावधि पाँच, दश, पन्ध्र, बीस, पच्चिस र तीस वर्ष रहेको छ । 

बीमितले कम्पनीमा ५० हजार बीमांकदेखि यस बीमा योजनामा सरिक हुनसक्ने छन् । साथै, अन्य बीमा योजनामा जस्तै यस बीमा योजनामा पनि बीमितले एकै पटक, अर्ध वार्षिक, वार्षिक तथा त्रैमासिक रुपमा समेत बीमाशुल्क भुक्तानी गर्न सक्ने कम्पनीले जनाएको छ । 

Advertisement

Advertisement