गठवन्धनले देशलाई ओरालो गतिमा लग्यो: ओली

Advertisement

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले गठबन्धन सरकारले देशलाई ओरालो गतिमा लगेको बताएका छन् । वसन्तपुरमा शनिबार आ्योजित युवा सँगसँगै पदयात्रा कार्यक्रममा उनले अहिले देश अप्ठ्यारो स्थितिबाट आरोलो लागिरहेको बताए । 

ओलीले गठबन्धनले ओरालो गतिमा लगेको देशलाई रोकेर देशलाई अघि बढाउन राजनीतिक, लोकतान्त्रिक अभ्यास, संविधान कार्यान्वयन, शान्ति सुव्यवस्था, भ्रष्टाचार नियन्त्रण, सुशासन, चौतर्फी विकासको अभ्यासको अभियानलाई अघि बढाउने हिसावले सशक्त ढंगले अघि बढ्ने बताए । 

Advertisement

उनले यसको फैसला आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनले गर्ने बताए । ओलीले अहिले देशलाई, जनतालाई, लोकतन्त्र, संविधान, विकासको अभियानलाई हार्न दिनु नहुने बताए । उनले गठबन्धनका कारण धक्का खाएको देशको अवस्थालाई चिरेर द्रुत गतिले विकास गर्नुपर्ने बताए । 

ओलीले लोकतन्त्रको पक्षमा, राष्ट्रियता, राष्ट्रिय अखण्डताको पक्षमा, नेपाल नेपालीले नै चलाउने हो भन्ने अभियानका साथ अघि बढ्न आग्रहसमेत गरे । उनले संविधान दिवसलाई राष्ट्रिय पर्वको रुपमा मनाउनुपर्ने बताए ।

संविधान दिवसको अवसरमा आयोजित एमालेको पदयात्रा बिहान ७ बजेबाट उपत्यकाका बानेश्वर, मैतिदेवी, लैनचौर, कालिमाटी र ललितपुरको कुपण्डोलबाट शुरू भएको थियो । पदयात्रा कार्यक्रममा अध्यक्ष ओलीकी धर्मपत्नी राधिका शाक्य, महासचिव शंकर पोखरेल, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य लगायतका नेताहरुको उपस्थिति थियो । 
 

Advertisement

Advertisement