आफ्नै निवासमा नजरबन्दमा रहेका जबरालाई भेट्न पुग्यो मानवअधिकार आयोग

Advertisement

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगको टोली आफ्नै निवासमा नजरबन्दमा रहेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई भेट्न बालुवाटार पुगेको छ ।

जबरा नगरबन्दमा परेको समाचार आएपछि आयोगले सहसचिव टीकाराम पोखरेलको नेतृत्वमा टोली पठाएको हो । टोलीले सर्वोच्च अदालत र जबरा निवासमा पुगेर अनुगमन गरेर फर्किएको छ । आयोगले चाँडै आफ््नो धारणा सार्वजनिक गर्ने बताएको छ । 

Advertisement

प्रतिनिधिसभाको आयु गए राति समाप्त भएसँगै महाभियोगका कारण निलम्बनमा रहेका जबराको पनि स्वतः निलम्बन फुकुवा भएको थियो । उनले आज बिहान कार्यालय जाने तयारी गरेपछि सरकारले प्रहरी पठाएर घरबाट बाहिर निस्किन नदिएको हो । 

Advertisement

Advertisement