प्राइम लाइफको बोनस दर बढ्यो, अब कति ?

Advertisement

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनस दर घोषणा गरेको छ । नयाँ बोनस दरमा पाँच रुपियाँ वृद्धि भएर ८० रुपियाँ कायम भएको छ भने न्यूनतम् बोनस दर ३५ रुपियाँ छ । 

बोनस दर प्रतिहजारमा एक रुपियाँका दरले दिने गरिन्छ । प्राइम लाइफले  सावधिक जीवन बीमालेख, आजीवन बीमालेख र अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख बिक्री गर्दै आएको छ । बीमा समितिले फ्युचर बोनस प्रोभिजन गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएपछि बोनस दरमा उतारचढाव आउन थालेको छ । 

Advertisement

अहिले बीमा कम्पनीले भविष्यमा दिइने बोनसमा समेत सकेसम्म घटबढ नहुने गरी प्रोभिजन गर्दै आफ्नो बोनस दर तय गरिरहेका छन् । प्राइम लाइफले उक्त फयुचर बोनस प्रोभिजनले बोनस दरमा ठूलो असर नपारेको दावी गरेको छ । 

Advertisement

Advertisement