नेपाल लाइफले ई–सेवासँगको सहकार्यमा सुरु गर्यो ‘डाइनामिक क्यूआर पेमेन्ट सिस्टम’

Advertisement

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ‘डाइनामिक क्यूआर पेमेन्ट सिस्टम’ संचालनमा ल्याएको छ । कम्पनीले ई–सेवासँगको सहकार्यमा उक्त सिस्टम सुरु गरेको हो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रविणरमण पराजुलीले यस योजनाको शुभारम्भ गरेका हुन् । उनले आधुनिक प्रविधिको प्रयोगबाट ग्राहकलाई सहज, सरल सेवा उपलब्ध गराउन कम्पनी लागिपरेको बताउँदै आउने दिनहरु प्निडिजिटल रुपान्तरणको अभ्यासलाई जारी राख्ने बताए ।

Advertisement

कम्पनीका राष्ट्रिय बिक्री प्रमुख उमापति पोखरेलले कार्यक्रममा भुक्तानी समेत गरेका थिए । डाइनामिक क्यूआर प्रयोग गर्ने नेपाल लाइफ पहिलो जीवन बीमा कम्पनी हो ।

कार्यक्रमाम ईसेवाका प्रबन्धक आशिष गौतम पनि सहभाथी थिए । 

Advertisement

Advertisement