प्रधानन्यायाधीश जबरालाई रोक्न अर्को अस्त्र, अग्निलाई चुनाव नलडाई सभामुख कायम राखियो

Advertisement

काठमाडौं । सत्ता गठवन्धनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई कार्यालय जानबाट रोक्न माओवादी केन्द्रका नेता अग्नि सापकोटालाई अूस्त्र बनाउने भएको छ । 

पदमुक्त भइसके पनि पदमा जबरजस्ती कायम राखिएका सापकोटालाई मंसिर ४ मा चुनाव लडाउँदा भोलि आइतबार मनोनयन दर्ता गर्नुपर्ने हुन्छ । पदमुक्त भइसकेका सापकोटालाई तलब सुविधा दिन कानुनले नमिल्ने भएपछि संसद सचिवालय अहिले अन्योलमा परेको अवस्था छ । 

Advertisement

मनोनयन दर्ता गरेसँगै सापकोटा बाध्य भएर सरकारी सेवा सुविधाबाट मुक्त हुनुपर्ने र सभामुखको हैसियत नरहने, त्यसपछि संसद सचिवालयका महासचिवले जबरालाई निलम्बन फकुवा भइसकेको पत्र दिने त्रासका कारण गठवन्धनको सल्लाहमा प्रचण्डले सापकोटालाई चुनाव नलडाउने निर्णयमा पुगेको स्रोतको भनाई छ । 

गत असोज १ गते प्रतिनिधिसभा अन्त्य भएसँगै जबराविरुद्धको महाभियोग प्रस्ताव स्वतः खारेज भई उनको निलम्बन पनि फुकुवा भएको थियो । सोहीअनुसार उनी असोज २ गते कार्यालय जान लागेपछि सरकारले जबरजस्ती जबरालाई घरमै नजरबन्द गरेर राखेको थियो भने कार्यबाहाक प्रधानन्यायाधीश दीपक कार्कीलाई उनी अवकाश भइसकेपछि गैरकानुनीरुपमा पूर्वप्रधानन्यायाधीसरहको सेवा सुविधा दिने निर्णय गरेको थियो । 

जबरालाई रोक्नकै लागि समानुपातिक उम्मेदवार र प्रत्यक्ष दुवैतिरचुनाव नलडेका सापकोटालाई उपराष्ट्रपति बनाउने आश्वासनसमेत दिइसको स्रोतको दावी छ । सापकोटाले शनिबार सिंहदरबारस्थित संसद सचिवालयमा पत्रकार सम्मेलन गरेर यो पटकको प्रतिनिधिसभा चुनाव नलड्ने बताएका थिए । उनले युवाहरुलाई अघि बढाउन चुनाव नलडेको तर्क गरेका थिए । 

Advertisement

Advertisement