समानुपातिक तर्फको बन्दसूची आज राति १२ बजेभित्र सार्वजनिक गर्दै आयोग

Advertisement

काठमाडौं । निर्वाचन आायेगले आगामी मंसिर ४ गते हुने संसदीय निर्वाचनको समानुपातिक तर्फको बन्दसूची आज (शनिवार) रातिसम्म सार्वजनिक गर्ने जनाएको छ । 

शनिवार आयोगले पत्रकार सम्मेलन गरेर आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभाको निर्वाचनका लागि पेस गरेका समानुपातिक उम्मेदवारहरुको अन्तिम नामावली आज रातिसम्म सार्वजनिक गर्ने जनाएको हो । 

Advertisement

पत्रकार सम्मेलनमा बोल्दै निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले समानुपातिक तर्फको बन्दसूचीको अन्तिम काम चलिरहेको र आज राति १२ बजेसम्म आयोगले अन्तिम नामावली सार्वजनिक गर्ने बताए । उनले आज साँझ ५ बजेसम्म नाम सार्वजनिक गर्ने भनेपनि केही कारणवश ढिलाइ भएको जानकारी दिए । 

थपलियाले प्रतिनिधि सभातर्फ ४८ वटा दलका दुई हजार ४३६ जना उम्मेदवारको नाम सार्वजनिक गर्ने बताए । त्यस्तै प्रदेश १ मा ३६ वटा दलका ६६१ जना समानुपातिक तर्फका उम्मेदवार, मधेस प्रदेशमा पनि ३६ वटा दलका ९४८ जना उम्मेदवार, वागमती प्रदेशमा ४१ वटा दलका ८२५ उम्मेदवार, गण्डकी प्रदेशमा ३१ वटा दलका ३६८ उम्मेदवार, लुम्बिनी प्रदेशमा ३२ वटा दलका ६५७ उम्मेदवार, कर्णाली प्रदेशमा २८ दलका २२२ उम्मेदवार र सुदूरपश्चिम प्रदेशमा ३४ दलका ३७६ उम्मेदवारसहित ६ हजार ४९३ जना उम्मेदवारको अन्तिम नामावली सार्वजनिक हुने बताए । 

थपलियाले समानुपातिकतर्फको अन्तिम नामावलीमा नाम समावेश भएका कोही पनि उम्मेदवारलाई प्रत्यक्षतर्फ उठ्न नपाउने व्यवस्था भएकाले दुवैतिर उठ्छु भन्ने भ्रम नपाल्न आग्रह गरे । 

Advertisement

Advertisement