नेपालमा पहिलो पटक कुमारीद्धारा अनौठो मुद्दती योजना सञ्चालन, के के छन्  विशेषता ?

Advertisement

काठमाडौं । कुमारी बैंकले ल्याएको प्रारम्भिक बिज रकमलाई छोटो समयमै पाँचदेखि सय गुणासम्म वृद्धि गर्ने विशेष योजना ‘धनबृद्धि रिकरिङ मुद्दती’ केही दिन मात्र बाँकी रहेको बैंकले जनाएको छ । 

व्यक्तिगत पुँजी निर्माण गर्न रिकरिङ निक्षेप सबैभन्दा राम्रो विकल्पको रुपमा मानिन्छ । बैंकले विश्वव्यापी रुपमा प्रचलनमा रहेको एसआईपी अवधारणामा यो योजना नेपाली निक्षेपकर्तामाझ ल्याएको बैंकको भनाई छ । 

Advertisement

नेपालीको वित्तीय क्षेत्रमा यस प्रकारको योजना ल्याउने कुमारी बैंक पहिलो हो । यस आवर्ती (रिकरिङ) योजनाअन्तर्गत, प्रारम्भिक बिज रकमकोे १० प्रतिशत प्रतिशतको हिसाबले प्रत्येक महिना ग्राहकको बचत खाताबाट सो मुद्दती खातामा रकम जम्मा हुने प्रावधान रहेको छ । यस योजनाबाट न्यूनदेखि उच्च आय वर्गसम्मलाई सुरक्षित भविष्यको आधार निर्माण हुने कुमारी बैंकको विश्वास छ । 

बैंकले यो योजना यही असोज १ गतेबाट लागू गरेको हो । यस दशक कै अधिकतम् ब्याजदर, तथा छोटो अवधिमा निक्षेप रकम ५, १०, १५, ५०, १०० गुणा वृद्धि गर्ने मौका आफूहरुले यस खाताबाट प्रदान गरेको बैंकको भनाई छ ।

ग्राहकले आफ्नो चाहना तथा भविश्यको आवश्यकताअनुसार न्यूनतम् १० हजारदेखि २५ लाखसम्म प्रारम्भिक बिज रकम जम्मा गरी धनवृद्धि लक्ष्य प्राप्त गर्न सक्ने जनाइएको छ ।

Advertisement

Advertisement