कोइराला परिवारकै सदस्यको खुलासा– मदनको हत्या गिरिजाले नै गरेका हुन, म त्यसको प्रमाण हुँ

Advertisement

काठमाडौं । नेपालको राजनीतिमा पकड बनाएको कोइराला परिवारका एक सदस्यले कम्युनिष्ट नेता मदन भण्डारीको हत्या तत्कालिन प्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता गिरिजाप्रसाद कोइरालाले गरेको खुलासा गरेका छन् । 

नाताले ज्वाईं पर्ने उमेश गिरिले राष्ट्रवादी नेताको रुपमा चिनिएका भण्डारीको हत्या गिरिजाले गर्न लगाएको एक युट्युव च्यानलसँग खुलासा गरेका हुन् । नोना कोइरालाको र शेखर कोइरालाका ज्वाईं गिरिले नोना र गिरिजाले गोप्य कुरा आफूबाहेक अरु कसैसँग नगर्ने गरेको बताउँदै भण्डारीको हत्या आफूहरु नै गरेको स्वीकार गरेको बताए । 

Advertisement

उनको भनाईः २०४९ साल कात्तिक १५ गते गिरिजाप्रसाद विराटनगर आउनुभएको थियो कोइराला निवासमा । म पनि दिनभरी त्यहीं थिएँ । साँझमा म फर्किएर आएँ । आएपछि नोना कोइराला, उहाँकी भाउजु, गिरिजाप्रसादपछि सबैभन्दा शक्तिशाली, उहाँले मलाई फोन गर्नुभयो बेलुकी साढे सात बजे हुनुपर्छ । ‘उमेश ! अत्यन्तै जरुरी कुरा छ । तिमीसँग सल्लाह गर्नुछ । भोलिबिहान कति छिटो सक्छौं ? कोइराला निकासमा आइपुग’ भन्नुभयो । ठिक छ त म आउँछु भने । म बिहान छिट्टै, छ–साढे छ बजेको हुनुपर्छ, कोइराला निवास पुगेको हुनुपर्छ । त्यतिखेर म सिंढी चढेर माथि पुग्दाखेरी दाइनेपट्टि नोना कोइराला सुत्ने कोठा छ । म पुग्ने बित्तिकै ‘ए उमेश आयौं ?’ भनेपछि शेखर कोइराला र आमोदप्रसाद उपाध्याय बाहिर निस्किनुभयो । म भित्र प्रवेश गरें । प्रवेश गरेपछि ‘उमेश ! चुक्कुल लगाउ’ भन्नुभयो गिरिजाप्रसादले । सिग्रेट तानिरहनुभएको थियो । मैले चुक्कुल लगाएपछि उहाँले ‘भाउजु ! भन्नुस् न’ भन्नुभयो । नोना आमाले के भन्नुभयो भने ‘गिरिजाबाबुको कुरा सुन । उहाँले के भन्नुहुन्छ ? के गर्ने ? कसरी गर्ने ? कसरी गर्न सकिन्छ ? तिमीलाई उहाँले भन्नुहुन्छ ।’ त्यसपछि गिरिजाबाबुले सिग्रेट तान्दै खोक्दै भन्नुभयो, ‘मदन भण्डारी हाम्रो लागि, नेपाली कांग्रेसको लागि खतरा भयो ।’ मैले सोधें, ‘कसरी खतरा भयो ?’ भनेर भन्दा ‘हाम्रो पार्टीको लागि ठूलो खतराको रुपमा देख्दैछु । जुन ढंगले मदन भण्डारीको चढाव हुँदैछ, त्यो हिसावले नेपाली कांग्रेसलाई भविश्यमा खतरा हुन्छ ।’ मैले भने, ‘के खोज्नुभयो गिरिजाबाबु तपाईंले ? हाम्रो सरकार बनेको छ । तपाईं प्रधानमन्त्री हुनुभएको छ । सत्ता कांग्रेसको छ । बहुमत ल्याएको छ । राम्रोसँग काम गर्न सक्यो भने ५० बर्ष नेपाली कांग्रेसलाई कसैले हल्लाउन सक्दैन् । किनभने विश्वमा कम्युनिष्ट आन्दोलन समाप्त भएको छ । धरासायी भएको छ । यहाँ मात्रै नेकपा एकीकृत माक्सवादी लेलिनवादी । त्यो उग्रवामपन्थी आन्दोलनबाट आएको । झापा काण्डबाट । त्यसलाई मदन भण्डारी जनताको बहुदलीय जनवाद भनेर अर्गनाइज गरेर यहाँसम्म पुर्याएको छ । भोलि गएर यसलाई उहाँ सोसलिष्ट पार्टी भनेर रुपान्तरण गर्नुहुन्छ जस्तो लाग्छ मलाई । मलाई लाग्छ नेपालमा दुई वटा पार्टी सिस्टम मात्रै हुन्छ ।’ मदन भण्डारीलाई नमार्दा नै ठिक हुन्छ भन्ने मेरो तर्क थियो । उहाँलाई कहाँबाट गाइडलाइन....  किनभने मदन भण्डारी राष्ट्रवादी मान्छे थिए । राष्ट्रवादी मानिस हाम्रा छरछिमेकलाई मन पर्दैन् । चाइनाले त किन यस्तो गर्छ र ? चाइनाले त अहिलेसम्म कहिले पनि केही गरेको छैन् । गिरिजाबाबुलाई बाहिरबाट दबाब थियो के थियो मलाई थाहा छैन् । मैले बताउँदैछु उहाँलाई ‘हेर्नुस गिरिजाबाबु भोलि दुई पार्टी सिस्टम भएपछि उनीहरु लेफ्टिष्ट हुन्छ । हामी राइटिष्ट हुन्छौं । नेपाली कांग्रेस त दक्षिणपन्थी पार्टी हो । जस्तो अमेरिकामा छ । धेरै ठाउँमा छ । हामी त वेष्टमिनिष्टर सिस्टममा आएको मानिस् ।’ तर गिरिजाबाबुले भन्नुभयो, ‘होइन् उमेश ! उसलाई त सिध्याउनै पर्छ । तिम्रो के राय छ ?’ भन्ने उहाँको प्रष्ट भनाई थियो । मैले भने, ‘म यसलाई स्वीकार्दिन । म डेमोक्राटिक मानिस हो । मैले चुनावको बेलामा गोलीबारी गरेंहोला । कांग्रेसलाई जिताएँ होला । त्यो अर्कै कुरा हो । त्यो मेरो इथिक्सको कुरा थियो मेरो पार्टीलाई मैले जसरी पनि जिताउनुपर्छ भनेर । मेरो पार्टी जसरी पनि बलियो हुनुपर्छ भनेर । तर यो त इथिक्सको कुरा होइन् ।’ (अरु कुराकानी भिडियोमा हेर्न सक्नुहुन्छ)

गिरिले भण्डारीको हत्या भइसकेपछि काठमाडौंमा पुगेर गिरिजाबाबु के गरेको ? भन्दा गिरिजाले यो कुरा बिर्सिदेउ भनेर जवाफ दिएको पनि बताए । उनले यो रहस्य पहिला आफ्नो व्यक्तिगत सुरक्षाको लागि खुलासा नगरेको पनि बताएका छन् ।  

भारतीय राष्ट्रिय कांग्रेसको सबैभन्दा विश्वासपात्रको रुपमा चिनिएका गिरिजा आफ्नो व्यक्तिगत र सत्ता स्वार्थका लागि जुनसुकै हदसम्म सम्झौता गर्नसक्ने व्यक्तिका रुपमा चिनिन्छन् । उनको कार्यशैलीकै कारण कांग्रेसका लोकप्रिय नेताहरु गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईलगायतका थुप्रै नेताले बाध्य भएर कांग्रेस परित्याग गरेका थिए भने । 

कांग्रेसभित्र र बाहिरका आफ्ना विरोधीलाई सिध्याउन जे पनि गर्न तयार हुने गिरिजाप्रसाद कोइरालाले राजाहरुसँग भेट्दा पनि बाहिर एउटा कुरा गर्ने तर बाहिर निस्किएर ठिक विपरित कुरा सुनाउने गरेको राजानिकट व्यक्तिहरु बताउँछन् । 

गिरिजाप्रसाद कै कारण नेपालको राजनीति लामो समयसम्म अस्थिर र द्धन्द्धबाट गुज्रिएको र आर्थिक विकासमा केन्द्रीत हुनुपर्ने समय खेर गएको स्वतन्त्र विश्लेषकहरुको भनाई रहँदै आएको छ । 

Advertisement

Advertisement