आफू जन्मेको देशमा देखिएको गलत प्रवृत्तिको अन्त्य गर्न उम्मेदवारी दिएकी हुँः नेतृ रेखा थापा

Advertisement

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को मोरङ क्षेत्र नम्बर ३ को प्रतिनिधिसभाकी उम्मेदवार रेखा थापाले आफू जन्मेको ठाउँमा देखिएको गलत प्रवृत्तिको अन्त्य गर्न प्रत्यक्षतर्फको निर्वाचनमा होमिनु परेको बताएकी छन् । 

बिहीबार सुन्दरहरैँचा वडा नम्बर ११ का मतदातासँगको भेटमा उनले समानुपातिकबाट सजिलै सांसद बन्ने अवस्था भए पनि आफू जन्मेको निर्वाचन क्षेत्रमा देखिएका गलत प्रवृत्तिको अन्त्य गर्न आफूले उम्मेदवारी दिएको बताइन् । 

Advertisement

थापाले मोरङ क्षेत्र नम्बर ३ का सबै घरपरिवार आफन्त भएको उल्लेख गर्दै उनीहरुसँग छलफल गरेर यस क्षेत्रको समस्या गर्न आफू लागिपर्ने प्रतिवद्धता समेत व्यक्त गरिन । उनले भनिन्, ‘मेरो दायित्व यहाँका माटोसँग छ । यो क्षेत्रसँग छ । समानुपातिक भन्ने छँदै थियो । म यसरी भेला नभईकन पनि तपाईंहरुसँग नभेटिकन पनि माननीय बन्ने मेरो उद्देश्य थियो भने म त्यहीँ बसेर माननीय बन्थें । मलाई तपाईंहरुसँग भेट्नु थियो । तपाईंहरुसँग मलाई कुरा गर्नु थियो । मलाई यो क्षेत्रको माटो र यो क्षेत्रका हरेक घर परिवार मेरा आफन्त हुन । मैले यहाँको रक्षा गर्नुपर्छ । र, गलत प्रवृत्तिको अन्त्य गर्नुपर्छ भनेर म यहाँ आएको हुँ ।’ 

थापाले थपिन, ‘मलाई जनप्रतिनिधि हुनलाई, मलाई माननीय हुनलाई ठूलो कुरा थिएन । म त्यहीँ (काठमाडौं) बसेर पनि हुन्थे । तर म त्यहाँ बसिरहँदा त्यसरी माननीय बनिरहँदा मसँग तपाईहरुको भेट यसरी हुने थिएन । यहाँको समस्या मैले थाहा पाउने थिइन ।’

उनले महिलाहरु नेतृत्वमा पुगे मुलुकको भ्रष्टाचार आफंै समाप्त हुने दावी समेत गरिन । घर चलाउन सक्षम महिलाहरु मुलुक चलाउन पनि सक्षम रहेको थापाको भनाई छ । स्थानीय युवाहरुले आफ्नो क्षेत्रको समस्या समाधानका लागि अभिनेतृ थापालाई मत दिने बताइन् ।

Advertisement

Advertisement