नेपाल लाइफका बीमितलाई खुशीको खबर, कम्पनीको नयाँ एपमा बीमाको सबै जानकारी पाइने

Advertisement

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ एप्लिकेशन सार्वजनिक गरेको छ । एन्ड्रोइड र एप्पल फोन (आईओएस) दुवै भर्जनका लागि ल्याइएको मोवाइल एप आइतबार सार्वजनिक गरिएको हो । 

कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीणरमण पराजुलीले यसको शुभारम्भ गरे । पूरानो एपलाई परिस्कृत गरी नयाँ सुविधाहरूसहित एप सार्वजनिक गरिएको हो । 

Advertisement

यस एपबाट ग्राहक र अभिकर्ता दुवैले लाभ लिन सक्ने कम्पनीको भनाई छ । ग्राहकले एस डाउनलोड गरी फोन नम्बरको माध्यमबाट आफूलाई रजिस्टर गर्न सक्नेछन् । एकै जनाको एक भन्दा बढी बीमालेख भएमा सबैलाई लिस्ट गर्न मिल्ने सुविधा पनि एपमा छ । बीमितले लग इन गरी आफ्नो बीमासँग सम्बन्धित सबै जानकारी लिन सक्नेछन् भने प्रिमियम हिसाब, बीमा योजनाको जानकारी, शाखा तथा उपशाखाहरुको स्थान र सम्पर्क नम्बर एपमा उपलब्ध छ । 
 
कार्यक्रममा सीईओ पराजुलीले ग्राहकलाई जीवन बीमासम्बन्धी सम्पूर्ण सुविधा चुस्त दुरुस्त तरिकाले एकद्वार प्रणालीमा प्रवाह गर्न यो एप सहयोगी हुने बताए । कम्पनीका प्रमुख सुचना प्रविधि अधिकृत शरदचन्द्र प्याकुरेलले कम्पनीको डिजिटल रुपान्तरणको लक्ष्य हासिल गर्न यो कदम फलदायी हुने बताए । 

Advertisement

Advertisement