अर्बपति विनोद चौधरी मोटरसाइकलमा पछाडि बसेर चुनाव प्रचारमा

Advertisement

काठमाडौं । फोब्समा सुचीकृत नेपालका एक मात्रै अर्बपति विनोद चौधरी मोटरसाइकलमा बसेर नवरपासी पश्चिम क्षेत्र नं. १ का विभिन्न क्षेत्रमा चुनाव प्रचारमा निस्किएका छन् । 

सत्ता गठवन्धनको साझा उम्मेद्वारको रुपमा रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य चौधरी आउँदो आम निर्वाचनका लागि प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फका उम्मेदवार छन् । 

Advertisement

यसअघि समानुपातिकमा बसेका कारण धेरै आलोचना भएपछि उनले अहिले भने प्रत्यक्षतर्फ उम्मेद्वारी दिएर चुनाव जित्ने अठोट गरेका हुन् । चौधरीको प्रमुख प्रतिपक्षीको रुपमा जनता प्रगतिशील पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री हृदयश त्रिपाठी रहेका छन् । त्रिपाठी सत्तामा हुँदा अकुत पैसा कमाउने नेतामा पर्दछन् । यसअघि उनी सोही क्षेत्रबाट नेकपा एमालेको चुनाव चिन्हमा विजयी भए पनि अहिले भने उनलाई एमालेको साथ छैन् । 

आफ्नो बलियो पकड रहेको नवलपरासी पश्चिम क्षेत्र नं. २ मा कांग्रेसका नेता शशांक कोइराला फेरि उठेपछि चौधरीलाई क्षेत्र नम्बर २ को टिकट दिइएको हो । उनले क्षेत्र नम्बर २ मा सहजरुपमा चुनाव जित्ने संभवना रहे पनि १ मा बढी मेहनत गर्नुपरेको छ । सोही क्रममा घरदैलो कार्यक्रमलाई तीब्रता दिएका चौधरीले मोटरसाइकलको पछाडि बसेर सिसानी, प्रतापपुरलगायतका क्षेत्रमा डुलेका थिए । 

उनले रोजगारका लागि विदेशिने युवाहरुलाई स्वदेशमै रोजगारी सिर्जना गर्न आफूले उम्मेदवारी दिएको बताउँदै आएका छन् । चौधरीले आफू जनताको प्रतिनिधि भएको र आफूलाई पैसाको अभाव नरहेको भन्दै विकासका लागि राजनीति गर्न आएको बताउँदै आएका छन् । 

Advertisement

Advertisement