कुन्तीको ओन्सरीलाई प्रश्न– चुनावी क्षेत्र रोज्दै हिंड्ने, जितेपछि नफर्किनेले विकास गर्छ ?

Advertisement

काठमाडौं । राजधानी काठमाडौंको क्षेत्र नम्बर २ की राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की उम्मेदवार कुन्ती पोखरेलले चुनावी क्षेत्र रोज्दै हिंड्ने चुनाव जितेपछि फर्किएर नआउने चलन रहेको बताउँदै यस्ता उम्मेद्वारले विकास गर्न नसक्ने बताएकी छन् । 

उनले आफ्नो इमेलबाट विचार प्रवाह गर्दै विभिन्न राजनीतिक दलका नेताहरुले आफ्नो स्वार्थ पूर्ति र अनुकूलता हेरी चुनावी क्षेत्र परिवर्तन गर्ने क्रम बरेको उल्लेख गर्दै यसरी चुनावी क्षेत्र रोज्दै हिड्ने नेताले त्यस क्षेत्रमा चुनाव जितेपछि फर्केर नजाने चलन रहेको उल्लेख गरेकी छन् । 
 
पोखरेलले दिक्दार भएका जनताले पछिल्लो समय स्थानीय युवा उम्मेदवारलाई रोज्न थालेको उदाहरण दिँदै आफ्नो उम्मेदवारी पनि त्यही क्रममा रहेको बताएकी छन् । उद्येमी तथा समाजसेवीको पहिचानसमेत बनाएकी पोखरेलले राप्रपाको पछिल्लो महाधिवेशनमा लोकप्रिय मतका साथ केन्द्रीय सदस्यमा विजयी भएकी थिइन् । 

Advertisement

उनले काठमाडौं २ मा विगत लामो समयदेखि आयातित टुरिष्ट नेताले चुनाव जितेका कारण विकास निर्माण ओझेलमा परेको बताएकी छन् । पोखरेलले काठमाडौं २ बाट तत्कालीन एमाले महासचिव माधव नेपालले चुनाव जितेर प्रधानमन्त्री भए, नेतृ विद्या भण्डारीले चुनाव जितिन् र त्यसैको आधारमा पछि दुई–दुई पटक राष्ट्रपति भइन् भन्दै तर आफू चुनाव जितेको क्षेत्रमा कुनै ध्यान नदिएको बताइन् । 
पोखरेलले भनेकी छन्, ‘यी दुवै नेताले पदमा पुगिसकेपछि यो ठाउँको विकास निर्माण र जनताको अवस्था के छ ? भनेर बुझ्न एक पटक पनि आएनन् । अर्का माओवादी नेता झक्कुप्रसाद सुवेदीले चुनाव जितेपछि पलयान नै भए । न उनलाई त्यस क्षेत्रमा कसले भोट दियो ? भनेर थाहा छ न त ती भोटरलाई नै हामीले कसलाई भोट दियौं ? भनेर थाहा छ । त्यसकारण काठमाडौं २ का मतदाताले अब स्थानीय युवा नेतालाई छान्नुपर्ने बेला आएको छ ।’ 

Advertisement

Advertisement