पहिलो चरणमा माओवादीबाट नारायणकाजी मन्त्री बन्ने, संभावित मन्त्रालय– परराष्ट्र

Advertisement

काठमाडौं र नेकपा (माओवादी केन्द्र)को तर्फबाट पहिलो चरणमा सो पार्टीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ मन्त्री बन्ने भएका छन् । सोमवार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा बसेको माओवादीको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो । 

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका उपाध्यक्ष कृष्णबहादुर महराले पार्टीका तर्फबाट पहिलो चरणको मन्त्रिमण्डलमा श्रेष्ठ उपप्रधानमन्त्री बन्ने निर्णय भएको बताए । उनले परराष्ट्र मन्त्रालय पाउनसक्ने अडकल गरिएको छ । श्रेष्ठले परराष्ट्र मन्त्रालय खोज्दै आएका छन् । 

Advertisement

यसअघिकोको गठबन्धनमा सहमति लत्याएर नेपाली काँग्रेसले धोका दिएको बताउँदै महराले पहिलो चरणमा गठबन्धनबाट माओवादीले नेतृत्व गर्ने सहमति भएपनि काँग्रेस राष्ट्रपति त प्रधानमन्त्री दुवै छोड्न तयार नभएपछि विकल्प खोज्नुपरेको बताए । 
 

Advertisement

Advertisement