सीके राउतको पार्टीले पाएन खोजेको मन्त्रालय

Advertisement

काठमाडौं । जनमत पार्टीले उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय लिने भएको छ । उक्त पार्टीका अध्यक्ष सीके राउतले कृषि विकास मन्त्रालय खोजे पनि भागबण्डामा उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय हात पारेको हो । 

संसद भवन, बानेश्वरमा सोमबार बसेको सत्ता साझेदार दलहरुका नेताहरुको बैठकमा जनमत पार्टीले यो मन्त्रालय लिने सहमति भएको छ ।

Advertisement

कृषि विकास मन्त्रालय पाए किसानका लागि केही गर्न सकिने बताउँदै आएका उनले सांसदको रुपमा धेरै काम गर्न सक्ने अवस्था नहुने भएकाले सरकारमा जान लागेको बताउँदै आएका छन् । उक्त मन्त्रालयमा राउन आफू जाने नभई आफ्नो पार्टीका अब्दुल खानलाई पठाउने भएका छन् । संसदमा उनको दलका छ जना साँसद छन् । 

Advertisement

Advertisement