यसअघि सरकारलाई समर्थन गरेको नागरिक उन्मुक्ति अब प्रतिपक्षी बन्ने

Advertisement

काठमाडौं । यसअघि सरकारलाई समर्थन गरेको नागरिक उन्मुक्ति पार्टी (नाउपा) प्रतिनिधि सभामा प्रतिपक्षी बेञ्चमा बस्ने भएको छ ।

प्रतिनिधि सभाको पहिलो बैठकमा प्रतिपक्षी बेञ्चमा बस्ने निर्णय लिइएको उक्त पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले जानकारी दिइन् । उनले आफ्नो पार्टीले पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई समर्थन गर्ने कि नगर्ने ? निर्णय गर्न बाँकी रहेको भन्दै उनले प्रतिपक्षी बेञ्चमा बस्ने भनेर संसद सचिवालयलाई जानकारी गराइसकेको बताएकी छन् । 

Advertisement

संविधानअनुसार दुई वा दुईभन्दा बढी दलको बहुमतका आधारमा बनेको अहिलेको सरकारले भोलि (सोमबार) विश्वासको मत लिँदैछ । टीकापुर हत्याकाण्डमा दोषी ठहरिएका आफ्नो पार्टीका संस्थापक रेशम चौधरीको रिहाइलाई प्रमुख मुद्दा बनाउँदै आएको उन्मुक्ति पार्टीले सो माग पूरा गर्नेलाई समर्थन गर्ने अडान राख्दै आएको छ । 

Advertisement

Advertisement