पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसको मान्यतासहित विदा दिने मन्त्रिपरिषदको निर्णय

Advertisement

काठमाडौं । सरकारले पृथ्वी जयन्तीको दिन २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्म दिन पुस २७ लाई पुनः राष्ट्रिय एकता दिवसको मान्यता दिँदै सार्वजनिक बिदा दिने निर्णय गरेको हो । 

सत्ता साझेदार राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई समर्थन गर्ने पहिलो शर्तको रुपमा पुस २७ लाई राष्ट्रिय एकता दिवस घोषणा गरी सार्वजनिक विदा दिन माग गरेको थियो । 

Advertisement

पुस २७ लाई विगतमा पनि राष्ट्रिय एकता दिवसको रुपमा मनाउने गरिए पनि २०६२–६३ को जनआन्दोलनपछि तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले यो दिवस मनाउन छोडेको थियो । उक्त निर्णयको विरोध हुँदै आएकोमा अहिले पुनः पुस २७ लाई राष्ट्रिय एकता दिवसको रुपमा मनाउन सरकार बाध्य भएको हो । 

Advertisement

Advertisement