राष्ट्र निर्माता पृथ्वीनारायण शाहलाई सम्मान गर्ने कुरामा हिनताबोध गर्नुपर्दैनः अध्यक्ष लिङदेन

Advertisement

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने भएको छ । मंगलवार प्रतिनिधि सभामा बोल्दै सो पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले दाहाललाई विश्वासको मत दिने बताएका हुन् । 

उनले सरकारले न्युनतम साझा कार्यक्रममा सरकारले गरेका वाचा पूरा गर्नुपर्ने बताउँदै राष्ट्र निर्मातालाई सम्मान गर्ने कुरामा कसैले पनि हिनताबोध गर्नु नहुने बताए । 

Advertisement

उनले देशका गौरवाशाली इतिहासको सम्मान गर्नेकुरा पछि फर्किएको नहुने बताए । लिङ्देनले पृथ्वी जयन्ती एक पार्टीको मात्रै नभई सबै देशको भएको बताए । पृथ्वी जयन्तीको अवसरमा राप्रपाले भृकुटी मण्डपमा भोलि (बुधवार) चियापान कार्यक्रम गर्न लागेको जानकारी दिँदै उनले सबैलाई चियापान कार्यक्रममा सहभागी हुन आग्रह गरे । 

Advertisement

Advertisement