म्याक्सस ब्राण्डका गाडीहरुको नयाँ मोडलहरु सार्वजनिक, कुनको मूल्य कति ?

Advertisement

काठमाडौं । नेपालमा म्याक्सस ब्राण्डका गाडीहरुको आधिकारिक वितरक पारामाउन्ट मोटर्सले म्यानसरा टी ५०, टी ७० र भी ६० मोडलका गाडीहरु नेपाली बजारमा भित्राएको छ । आइतबार एक कार्यक्रमका बीच यी गाडीहरु बिक्री शुभारम्भ गरिएको हो । 

कम्पनीले सेक्सी ६०, टी ७० पिकअप ट्रक र भी ८० कार्गो भ्यान सार्वजनिक गर्यो । यी गाडीहरूको बिक्री शुभारम्भ गर्दै कम्पनीले आफ्नो नयाँ शोरुमको पनि उद्घाटन पनि गर्यो । प्रिमियम गाडीहरूमा मेरिएबल जिओमेट्री टर्बोचार्जर प्रविधिसहितको ३५० एनएम र ३७५ एनएमपी टर्क, अधिकतम पावर ११० किलो वाट र १२० किलोवाट क्षमता प्रदान गर्ने २८ लिटर, २० लिटर कार्बो डिजेल इन्जिन रहेका छन् । यी गाडीहरु पछिल्लो पुस्ताको समेत रोजाईमा पर्दै आएको कम्पनीको भनाई छ । 

Advertisement

नेपाली बजारमा म्याक्सस टी ६० को मूल्य ७७ लाख ९९ हजार, टी ७० को मूल्य ६८ लाख ४९ हजार र भी ८० को मूल्य ५० लाख ४९ हजार रुपियाँ रहेको छ । त्यस्तै, म्याक्सस टी ६० र टी ७० पिकअप ट्रकहरूमा अटोमेटिक एसी, स्टार्ट, पुस बटन लगायतका सुविधाहरु उपलब्ध छन् । 

मिडसाइज पिकअपको रूपमा वर्गीकृत यी पिकअप ट्रकहरू यस वर्गका गाडीमा सबैभन्दा लामो र चौडा गाडी हुन् जसमा तीन हजार १५५ मिलिमिटर ह्वीलबेस र २१५ मिलिमिटरको ग्राउण्ड क्लियरेन्स रहेको छ ।

कम्पनीले नेपालमा सबैभन्दा बढी माग रहेको सर्वाधिक प्रतिक्षित गाडीहरु सार्वजनिक भएको बताउँदै शोरुममा बुकिङ र टेस्ट ड्राइभको लागि खुला रहेको बताएको छ । 

Advertisement

Advertisement