आइएमई पे र श्रीयोग कन्सल्टिङवीच सम्झौता

Advertisement

काठमाडौँ ।  आइएमई पे र श्रीयोग कन्सल्टिङ प्रालिवीच सम्झौता भएको छ । सम्झौता अनुसार आइएमई पे श्रीयोग डट कमको डिजिटल भुक्तानी सेवा प्रदायक रहनेछ ।

श्रीयोग डटकमलाई डिजिटल भुक्तानी प्रकृया सहज गराउने उद्देश्यका साथ यो सम्झौता गरिएको हो । श्रीयोग डटकमका दक्ष कामदारहरुले आफ्नो सेवा बमोजिमको भुक्तानी रोजगारदाताहरूबाट आइएमई पेको माध्यमबाट प्राप्त गर्न सक्ने छन् । 

Advertisement

फेब्रुअरी ८ देखि संचालनमा रहने यो सम्झौता पश्चात आम सेवाग्राहीहरूलाई डिजिटल प्रविधिको प्रयोग गरी आर्थिक कारोबार गर्ने बाानीको विकास हुँदै जाने दुवै कम्पनीले विश्वास राखेका छन् ।

Advertisement

Advertisement