संघीयता बलियो बनाउन यूएसएआईडीले राजनीतिक उद्देश्यप्रेरित सहयोग गरेकोमा राप्रपाको आपत्ति

Advertisement

काठमाडौं । नेपालको संघीयता, लोकतान्त्रिक संस्था र नागरिक समाजलाई बलियो बनाउन भन्दै अमेरिकी सहयोग संस्था यूएसएआईडीले राजनीतिक उद्देश्य प्रेरित सहयोग गरेकोमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आपत्ति जनाएको छ । 

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले विकासका लागि मित्र राष्ट्रहरुले गर्ने सहयोगलाई आफूहरुले जहिले पनि स्वागत गर्ने बताउँदै तर नेपाली जनभावनाविपरित राजनीतिक उद्देश्य परिपूर्तिका लागि गरिने सहयोगप्रति आफूहरुको आपत्ति रहने भन्दै यूएसएआईडीले गरेको भनिएको छ करोड ८५ लाख अमेरिकी डलर (करिब साढे सात अर्ब रुपियाँ)प्रति आफ्नो पार्टीको असहमति रहेको बताए । 

Advertisement

युरोपिनय युनियन (ईयू)ले पनि यसअघि पनि पटक पटक नेपालको संघीयता बलियो बनाउन भन्दै सहयोग गर्दै आएको छ । पछिल्लो समय नेपालमा आफ्नो सक्रियता बढाउँदै लगेको अमेरिकाले विकास निर्माणमा भन्दा सफ्टवयर प्रकृतिको सहयोग गर्न थालेको छ । नेपाल भ्रमणमा आएकी यूएसएआईडीकी प्रमुख सामन्था पावरले उक्त सहयोगको घोषणा गरेकी थिइन् । 

प्रवक्ता श्रेष्ठले भने, ‘विदेशीले दियो भन्दैमा जस्तो पनि सहयोग लिने भन्ने कुरा हुँदैन् । त्यस्तो नीति पनि राख्न हुन्न । नेपालको विकासको लागि जुनसुकै मित्र राष्ट्रले गर्ने सहयोगप्रति राप्रपाको विमति पनि छैन् । हामी स्वागत नै गछौं । तर यूएसएआईडीले जुन ढंगको राजनीतिक उद्देश्यप्रेरित सहयोग गरेको छ, त्यसपति हामी असहमति छ । नेपाली जनभावनाविपरित संघीयता बलियो बनाउने, नागरिक समाजलाई बलियोग बनाउने भन्ने कुरा उचित होइन् ।’

संघीयता मुलुकको अर्थतन्त्रले धान्न नसकिरहेको अवस्थामा र बहुसंख्यक जनता संघीयताको खिलाफमा रहेको अवस्थामा संघीयता बलियो बनाउने भन्दै सहयोग लिने र दिने कुरा दुवै बेठिक भएको उनको भनाई छ । संघीयता खारेज गर्ने बेलामा यसलाई बलियो बनाउने नाममा विदेशी सहयोग लिएर कतिन्जेल मलजल गर्ने ? भन्दै श्रेष्ठले प्रश्न गरे । उनले २०६२–६३ पछिको राजनीतिक परिवर्तन पुनरावलोकन गर्ने बेला भइसकेको बताउँदै विदेशी सहयोग कस्तो लिने कस्तो नलिने ? भन्ने कुरामा पनि आफ्नो पार्टीले सरकारमा कुरा उठाउने बताए । 

Advertisement

Advertisement