महालक्ष्मी लाइफ चार वर्ष पूरा: ‘बीमितलाई अरु कम्पनीले भन्दा बोनस धेरै दिएका छौं’

Advertisement

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स सञ्चालनमा आएको चार बर्ष पूरा भएको छ । २०७५ माघ २७ गतेबाट कारोबार प्रारम्भ गरेको यो कम्पनी सबैभन्दा कान्छो बीमा कम्पनीको रुपमा परिचित रहँदै आएको छ । 

महालक्ष्मीले कोरोना महामारीको बिच दुई वर्षमा कठिनाई भोग्नु पर्दा अपेक्षाकृति व्यवसाय विस्तार गर्न नसकेको बताउँदै नेपाली जीबन बीमा बजारमा देखा परेका अनेकौं समस्या र कठिनाईका बीच बीमितको विश्वास जित्न सकेको बताएको छ । 

Advertisement

कम्पनीले प्रत्येक घरमा एउटा जीवन बीमा, युवासँग महालक्ष्मी लाइफ र महिला सशक्तिकरणमा जस्ता कार्यक्रम सञ्चालन गर्दै आएको छ । अन्य कम्पनीभन्दा राम्रो बोनस दिन सफल भएको महालक्ष्मी लाइफको दाबी छ ।

गत आर्थिक वर्षको पुस मसान्तसम्मको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा चुक्ता पूँजीमा ५० प्रतिशत, जगेडा कोषमा ६०.७  प्रतिशत, जीवन बीमा कोषमा ५६.४ प्रतिशत, महाविपत्ति कोषमा ४४.५ प्रतिशत, कर्जा लगानीमा २९.५ प्रतिशत, दाबी भुक्तानीमा ३८ प्रतिशत र मुनाफामा ३५.४ प्रतिशतले वृद्धि भएको कम्पनीले आफ्नो विज्ञप्तिमा उल्लेख गरेको छ ।

प्रभु लाइफसँग मर्जरमा जान लागेको महालक्ष्मी लाइफले एकीकृत कारोबारपछि मितव्ययी तरिकाले गुणस्तरीय कारोबार संचालन गर्ने कम्पनीका सीईओ रमेशकुमार भट्टराईले जानकारी दिए ।

Advertisement

Advertisement