वैकल्पिक शक्तिको एजेण्डा बोक्ने दललाई स्थापित दलहरुले नै सिध्याउँछन्ः सीके राउत

Advertisement

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त (सीके) राउतले वैकल्पिक शक्तिको एजेण्डा बोकेर आउनेहरुलाई स्थापित दलहरुले नै सिध्याउने गरेको बताएका छन् । 

शुक्रवार विवेकशील साझा पार्टीको महाधिवेशनमा उनले वैकल्पिक शक्तिको एजेण्डा बोकेर आउने राजनीतिक दलहरुलाई स्थापित दलहरुलै कुनै न कुनै मुद्दा लगाएर असफल बनाउने प्रयास भइरहेको बताए । नयाँ शक्तिको एजेण्डा बोकेका वैकल्पिक राजनीतिक दलहरुले सदनलाई भन्दा पनि सडकलाई पहिलो प्राथमिकता दिनुपर्ने राउतको भनाई छ । 

Advertisement

उनले राजनीतिक पार्टीको रुपमा दर्ता हुँदैमा सरकारमा जानुलाई नै सबैभन्दा ठूलो प्राथमिकता बनाउनु नहुने बताए । राउतले सबै वैकल्पिक राजनीतिक शक्तिहरु एक ठाउँमा उभिनुपर्ने बताए । उनले वैकल्पिक शक्तिहरु एक ठाउँमा बसेर क्रान्तिको बिजारोपण गर्नसके मात्रै दलीय सिन्डिकेट तोडेर अघि बढ्नसक्ने बताए । 

Advertisement

Advertisement