विदा हुनुअघि राष्ट्रपति भण्डारीद्धारा संसदमा सम्बोधन, वृत्त नीतिमा संरचनागत सुधार गर्न सुझाव

Advertisement

काठमाडौं । कार्यकाल सक्किनै लाग्दा राष्ट्रपति विद्या भण्डारीले शुक्रबार संसदको संयुक्त बैठकलाई सम्बोधन गरेकी छन् । लामो सम्बोधनका क्रममा उनले  संविधान र कानुनले प्रत्याभूति गरेका विषयहरु पूर्णरुपमा अवलम्बन गर्न अझै बाँकी रहेको बताइन् । 

भण्डारीले आफ्नो नीति तथा कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयनका लागि पुनर्विचार गर्न सरकारलाई आग्रह समेत गरिन् । उनले महिलामाथि हुने सबै प्रकारणको हिंसा अन्त्य हुन नसक्नुको कारणको खोजी गर्नुपर्ने बताउँदै भनिन्, ‘संविधान र कानुनले प्रत्याभूत गरेको विषयहरु पनि हामीले पूर्ण रुपमा अवलम्बन गर्न अझै बाँकी छ । हामीले जुन सोचका साथ लैगिक विकासका अवधारणा अघि सारेका थियौं, त्यो परिणाम प्राप्त भएको छ, छैन ? सोको यथार्थ समीक्षा गरी अघि बढनु पर्दछ भन्ने मलाई लाग्दछ ।’ 

Advertisement

भण्डारीले भनिन, ‘स्वास्थ्य क्षेत्रमा लगानी बढाएपनि अझै पनि सुत्केरी महिलाहरुको उपचारको अभावमा ज्यान जाने अवस्था कायमै रहेको छ । विगतमा भन्दा विद्यालयमा छात्राको उपस्थिति बढेको छ । तर तिनले विद्यालय शिक्षा पूरा गरेका छन कि छैनन ? यसैगरी महिला स्वास्थ्यमा समेत प्रशस्त लगानी गरिएको छ । तर रोगप्रतिरोधात्मक क्षमता विकास गर्न हाम्रा प्रयास पर्याप्त छन वा छैन ? विचारणीय छ । अहिले पनि दूर्गम क्षेत्रमा सुत्केरी हुन नसकेर वा सुत्केरी भएपछिको सामान्य उपचारको अभावमा अकालमा ज्यान गुमाउनुपर्ने अवस्था रहेको छ । किन अहिले पनि महिलाहरु विभिन्न किसिमका सामाजिक कुरीतिको शिकार भईरहेका छन ? घरेलु हिंसा, यौन हिंसा र अन्य प्रकारका हिंसाबाट महिलाहरुले अझै पनि किन सुरक्षित महशुस गर्न सकिरहेका छैनन् ? यी प्रश्नहरुको उत्तर खोजिनु जरुरी छ ।’ 

राष्ट्रपति भण्डारीले स्वास्थ्य क्षेत्रमा रोग प्रतिरोधात्मक क्षमता विकास गर्नका लागि पर्याप्त प्रयास गर्नुपर्ने पनि बताइन् । उनले अर्थतन्त्रको सुदृढीकरणमा गम्भीर पाइला चाल्न आवश्यक भइसकेको बताउँदै आर्थिक अवस्था जटिल मोडमा अर्थतन्त्रका सूचकहरुमा सुधारको संकेत देखिए पनि यसको दिगोपनामा आस्वस्त भइहाल्ने अवस्था नरहेको बताइन् ।

मौद्रिक तरलताको समस्या, लगानीका लागि यथेस्ट स्रोतको अभाव र बाह्य कारणले समेत गर्दा उत्पादन क्षेत्र मजबुत हुन नसकेको बताउँदै भण्डारीले अर्थतन्त्रको कतिपय समस्या उतारचणवपूर्ण विश्व अर्थतन्त्र, कोभिड महामारीका कारणबाट पनि सिर्जित भएको बताइन् । उनले भनिन्, ‘यथापि यिनीलाई कारण देखाएर पन्छिने सुविधा हामीलाई छैन ।’

अर्थतन्त्रमा प्रभाव पार्ने आन्तरिक बाह्य कारणको समग्र अध्ययन गरेर सरकारको वृत्त नीतिमा संरचनागत सुधार गर्नुपर्ने भण्डारीको भनाई छ । 

Advertisement

Advertisement