सशस्त्र द्धन्द्ध कहिल्यै दिवस हुन सक्दैन्, कार्यकारी शक्तिको दुरुपयोग भयोः आचार्य

Advertisement

काठमाडौं । संविधानविद् भीमार्जुन आचार्य माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले कार्यकारी शक्तिको दुरुपयोग गरी जनयुक्त दिवसको नाममा सार्वजनिक विदा दिने निर्णय गरेको भन्दै आलोचना गरेका छन् । 

सामाजिक सञ्जालमा लेख्दै उनले सशस्त्र द्धन्द्ध कानुनीय राज्यमा कहिल्यै दिवस हुन सक्दैन भन्दै यसलाई सरकारको स्वेच्छाचारी काम भएको पनि बताएका छन् । 

Advertisement

आचार्यले भनेका छन् ‘यो त कार्यकारी शक्तिको अधिक दुरूपयोग (excessive abuse) र स्वेच्छाचारी काम भयो। सशस्त्र द्वन्द्व एउटा सभ्य समाज र कानूनी राज्यमा कहिल्यै दिवस हुन सक्दैन । अब द्वन्द्व पीडितले न्याय पाउछन भन्ने पनि केही रहेन । यतिबेला सत्ता गठबन्धनका अरू घटकहरू कहाँ छन ? त्यो जान्न मन लाग्यो’

दाहालले आइतबार मन्त्रिपरिषदबाट भोलि फागुन १ गतेलाई सार्वजनिक विदा दिने निर्णय गर्न लागेपछि सत्तारुढ राष्ट्रिय प्रजातन्त्र पार्टीका मन्त्रीहरुले बैठक बहिस्कार गरेका थिए । सार्वजनिक विदा धेरै भएको भन्दै व्यवसायी र बुद्धिजीवीहरुले बताउँदै आएको बेला सरकारले जनयुक्त दिवसको नाममा विदा दिने विवादास्पद निर्णय गरेको हो । 

यो त कार्यकारी शक्तिको अधिक दुरूपयोग (excessive abuse) र स्वेच्छाचारी काम भयो। सशस्त्र द्वन्द्व एउटा सभ्य समाज र कानूनी राज्यमा कहिल्यै दिवस हुन सक्दैन । अब द्वन्द्व पीडितले न्याय पाउछन भन्ने पनि केही रहेन । यतिबेला सत्ता गठबन्धनका अरू घटकहरू कहॅंा छन, त्यो जान्न मन लाग्यो !

— Bhimarjun Acharya (@BhimarjunPhD) February 12, 2023

Advertisement

Advertisement