राष्ट्रपतिका लागि दलहरुबीच हानथाप भइरहेको बेला भारतीय विदेश सचिव क्वात्रा काठमाडौंमा

Advertisement

काठमाडौं । भारतीय विदेश सचिव विनयमोहन क्वात्रा नेपाल आएका छन् । नेपालमा राष्ट्रपति पदका लागि ठूला दल र नेताहरुबीच हानथाप भइरहेको बेला क्वात्रा नेपाल आएका हुन् । 

दुई दिने नेपाल भ्रमणमा उनी आज (सोमवार) बिहान काठमाडौं आएका छन् । क्वात्रालाई त्रिभुवन विमानस्थलमा स्वागत गर्न परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याल पुगेका थिए । नेपालमा रहँदा उनले राष्ट्रपति विद्या भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल र राजनीतिक दलका प्रमुख र सरकारी उच्च अधिकारीहरुसँग भेट गर्ने कार्यक्रम छ । 

Advertisement

सचिव क्वात्रा आज नै नेपाल—भारत सचिवस्तरीय उच्चस्तरीय संयन्त्रमा सहभागी हुनेछन् । बैठकमा कनेक्टिभिटी, विद्युत व्यापार, कृषि तथा स्वास्थ्यसहितका विषयमा छलफल हुनेछ । 
 

Advertisement

Advertisement