तनहुँ पुगेर सत्ताधारी ठूला नेताले भने– चुनाव जिताए गोविन्द भट्टराईलाई मन्त्री बनाइदिन्छौं

Advertisement

काठमाडौं । सत्ताधारी दलका ठूला नेताले तनहुँ १ को उपनिर्वाचनमा गठवन्धनबाट उठेका नेपाली कांग्रेस नेता गोविन्द भट्टराईलाई जिताए मन्त्री बनाउने आश्वासन दिएका छन् । 

डुम्रेमा बुधबार आयोजित चुनावीसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाले भट्टराईलाई जिताए मन्त्री बनाउने बताएका हुन् । 

Advertisement

प्रधानमन्त्री दाहालले गत मंसिरमा रामचन्द्र पौडेललाई प्रधानमन्त्रीभन्दा सम्मानित पदमा पुर्याउने बताएको कुरा पूरा गरेको बताउँदै अत्याधिक मतले गोविन्द भट्टराईलाई जिताए मन्त्री बनाउने बताए । 

उनले भने, ‘म देउवासँगै छु र देउवाले वचन दिनुभएको मन्त्री पद पूरा हुन्छ ।’ दाहालले तनहुँ र चितवन जोड्ने बुद्धसिंह मार्गको
घुमाउने घाटको पक्की पुल १ बर्षभित्र पूरा गर्नेगरी काम गर्ने बताए । बन्दिपुरमा खानेपानी लाने काम र निर्माणाधिन पृथ्वीराजमार्गको कामलाई छिटो गर्नको लागि तत्काल लागिपर्ने दाहालले बताए । 

यस्तै, छिर्कनेमा स्थापना भएको चिडियाखानाको काम अगाडि बढाउने, देवघाटमा संस्कृत बिश्वबिद्यालय बनाउने बारेमा गम्भीर अध्यन गरिने बताए । 

कांग्रेस सभापति शेरबहादुर देउवाले भानुभक्तको जिल्लाले योग्य व्यक्ति  राष्ट्रपति पाएको र अहिलेका  उम्मेदवार गोविन्द भट्टराई पनि योग्य उम्मेदवार भएकोले मन्त्री पाउने बताए । भट्टराई जत्तिको योग्य व्यक्तिलाई जिताउनुस्, मन्त्री बनाउने काम हाम्रो भयो भन्दै उनले तनहुँमा त्रिभुवन विश्वविद्यालय अन्तर्गतको सरकारी क्याम्पस र सरकारी सुविधा सम्पन्न अस्पताल बनाउने काम हाम्रो हो भने । 

मलाई राष्ट्रपतिको अफर आए पनि म भन्दा सिनियर रामचन्द्र पौडेल हो भन्ने लागेर इमानदारिता देखाएर पौडेललाई राष्ट्रपति बनाएको तर्क गर्दै देउवाले गठवन्धनको सरकारबाट विकासको कामले गति लिने बताए  । 

कार्यक्रममा नेकपा एकीकृत समाजवादीका माधव नेपाल। नेपाल समाजवादी पार्टीका बाबुराम भट्टाईलगायतले बोलेका थिए । 

Advertisement

Advertisement