सत्तारुढ गठवन्धनका उम्मेदवारलाई ७६२० मतले पछि पार्दै वाग्लेले ल्याए १८४६१ मत

Advertisement

काठमाडौं । तनहुँ क्षेत्र नम्बर १ को जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका डा. स्वर्णिम वाग्लेले १८ हजार ४६१ मत पाएका छन् । उनले सत्तारुढ गठवन्धनको साझा उम्मेदवार गोविन्द भट्टराईलाई सात हजार ६२० मतले पछि पार्दै अग्रता लिएका हुन् । 

नेपाली कांग्रेसका नेतासमेत रहेका भट्टराईले १० हजार ८४१ मत पाएका छन् भने नेकपा एमालेका सर्वेन्द्र खनालले छ हजार ६८ मत पाएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीकी शोभा गुरुङले १०२ मत पाएकी छन् । 

Advertisement

Advertisement

Advertisement