तनहुँमा वाग्ले र भट्टराईबीचको मतान्तर करिव साढे ११ हजार, खनाल तेस्रो स्थानमा

Advertisement

काठमाडौं । तनहुँ क्षेत्र नम्बर १ को जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेको जित करिव सुनिश्चित जस्तो देखिएको छ । उनले आफ्ना निकट प्रतिस्पर्धीसँगको मतान्तर झण्डै साढे ११ हजार पुर्याएका छन् । 

पछिल्लो मतपरिणामअनुसार वाग्लेले २२ हजार ८२ मत पाएका छन् भने सत्तारुढ गठवन्धनका उम्मेदवार गोबिन्द भट्टराईले १२ हजार ६४२ मत पाएका छन् । उनी नेपाली कांग्रेसका नेता पनि हुन् । 

Advertisement

तेस्रो नम्बरमा रहेका नेकपा एमालेका सर्वेन्द्र खनालले छ हजार४५८ मत पाएका छन् । 

Advertisement

Advertisement