पूरानो रेकर्ड ब्रेक गर्दै रवि भारी मतले विजयी, कांग्रेस–कम्युनिष्टको अस्थित्वमा प्रश्न

Advertisement

काठमाडौं । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारी मतान्तरले विजयी भएका छन् ।

लामिछानेले ५४ हजार २७६ मत प्राप्त गरेर विजयी भएका छन् । यो उनले यसअघि पाएको मतभन्दा धेरै हो । गत मंसिर ४ को चुनावमा उनले ४९ हजार तीनसय मत पाएका थिए । लामिछानेका निकटतम् प्रतिस्पर्धी कांग्रेसका जीत नारायण श्रेष्ठले ११ हजार २५१ मत पाएका छन । लामिछाने र श्रेष्ठको मतान्तर ४३ हजार २५ रहेको छ । यसअघि यस्तो मतान्तर ३९ हजार थियो, जुन सबैभन्दा ठूलो मतान्तर हो । 

Advertisement

यस्तै, एमाले उम्मेदवार रामप्रसाद न्यौपानेले १० हजार ९३५ मत पाएका छन् । यसअघि कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले १४ हजार ९८८ र एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६५२ मत ल्याएका थिए । राष्ट्रिय प्रजातन्त्र पार्टीका जीवलाल पुरीले ३२७ मत पाएका छन् । यो क्षेत्रमा अहिलेको उपनिर्वाचनमा ७८ हजार २७७ मत खसेको थियो । 

तनहुँ क्षेत्र नम्बर १ र चितवन क्षेत्र नम्बर २ मा स्वतन्त्र पार्टीको पक्षमा अनपेक्षितरुपमा ओरिलिएको मतले परम्परागत र बदनाम भएका पूराना ठूला कम्युनिष्ट र कांग्रेस दलहरुको अस्थित्वमा नै प्रश्न उठेको छ । आफूहरुले लिएको गत बाटोलाई सुधार नगरे यस लहरले आसन्न निर्वाचनमा ठूला पूराना दलहरुको अस्तित्व समाप्त हुनसक्ने संभावना प्रवल बनेको छ ।  

Advertisement

Advertisement