स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लियो, दाहालले अब फेरि विश्वासको मत लिनुपर्ने

Advertisement

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । शुक्रबार बसेको सो पार्टीको केन्द्रिय समिति र संसदीय दलको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।

यस निर्णयसँग प्रधानमन्त्री पुष्पकमल दाहालले तेस्रो पटक विश्वासको मत लिनुपर्ने भएको छ । दाहाल गत पुस १० गते प्रधानमन्त्री हुँदा स्वतन्त्र पार्टी, नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतले समर्थन गरेका थिए । समीकरणमा फेरबदल आउनुअघिसम्म सो पार्टी पनि सरकारमा समेल थियो । माघ २२ गते सो पार्टी सरकारबाट बाहिरिएको थियो । 

Advertisement

Advertisement

Advertisement