बीमा सचेतना प्रवर्द्धन गर्न नेशनल लाइफले पोखरामा गर्यो साईकल र्याली

Advertisement

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले पोखरामा बीमा सचेतना प्रवर्द्धन गर्न साईकल र्याली गरेको छ । कम्पनीले आयोजना गरेको उक्त र्यालीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश खत्री सहभागी थिए ।

त्यस्तै, बीमा सचेतना बढाउन गरिएको सो र्यालीलाई समर्थन गर्दै नेपाल बीमा प्राधिकरण, गण्डकी प्रदेशका प्रमुख केशवप्रसाद दाहाल लगायत कम्पनीका विभागीय प्रमुखहरुले उपस्थिती जनाएका थिए ।

Advertisement

करिब सय जनाले सहभागिता जनाएको उक्त र्याली पोखराको बाराहीघाटबाट सुरु भई हल्लन चोक, जीरो किलोमिटर, सभागृहचोक, चिप्लेढुंगा, बिरौटा, राष्ट्र बैंक चोक हुँदै फेरी बाराहीघाटमा आएर समापन भएको थियो ।

Advertisement

Advertisement