सुन काण्डले गर्दा आज पनि संसदमा तमासा, सुनिल शर्मालाई पक्राउ गरिएकोमा आपत्ति

Advertisement

काठमाडौं । प्रतिनिधि सभाको शुक्रबारको बैठक सुन काण्डले गर्दा प्रभावित भएको छ । बैठक सुरु हुनासाथै प्रमुख प्रतिपक्षी दल उठेर विरोध जनाएपछि सत्ताधारी साँसदहरु पनि एमालेको विरोधमा उभिएर होहल्ला गर्न थालेका थिए ।

गत साउन २ गते पक्राउ गरिएको सय किलोभन्दा बढी सुनको छानविन गर्न उच्चस्तरीय छानविन समितिको माग गर्दै प्रमुख प्रतिपक्षी दल एमालेले संसद अवरोध गर्दै आएको छ । बैठक सुरु हुनासाथै एमाले साँसदहरु उभ्भिएपछि सभामुख देवराज घिमिरेले एमालेकी ज्वालाकुमारी साहलाई बोल्न दिएका थिए । तर सत्ताधारी साँसदहरुले उठेर होहल्ला गरेपछि घिमिरेले साहलाई विचैमा रोक्दै केही समयमा बैठक स्थगित भएको घोषणा गरेका थिए । 

Advertisement

ज्वालाकुमारी साहले अवरोध गरिएपछि सभामुखले नियम पालना गर्न पटक पटक सचेत गराएका थिए । उनले भनेका थिए, ‘नियमको पालना गरौं । मैले समय प्रतिपक्ष दलको माननीयबाट ज्वालाकुमारी साहलाई दिएको छु । उहाँले बोलिसकेपछि यहाँहरुको कुरा के हो त्यो म सुनाउने छु ।’

होहल्लाकाबीच एमाले सांसद साहले सुन तस्करीका विषयमा उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने बताइन् । उनले सुन काण्डको विषयमा गृहमन्त्री र अर्थमन्त्रीमाथि पनि कारवाही हुनुपर्ने आवाज उठाउँदै आएका साँसद सुनिल शर्मालाई पक्राउ गरिएकोमा आपत्ति जनाएकी थिइन् । 

संसदको अर्को बैठक यही साउन २९ गते दिउँसो १ बजेका लागि बोलाइएको छ ।

Advertisement

Advertisement