ओलीको प्रश्न– गृहमन्त्री र अर्थमन्त्रीले किन राजीनामा नदिएका हुन् ? दाहालले पनि राजीनामा दिनुपर्ने

Advertisement

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग गरेका छन् । 

आईतवार पार्टी केन्द्रिय कार्यालयमा च्यासलमा आयोजित पत्रकार सम्मेलनमा उनले प्रधानमन्त्री दाहाल आफैँले पदबाट राजीनामा दिनुपर्ने बताएका हुन् । ओलीले सरकार अयोग्य र भ्रष्टताको चाङमा उभिएको भन्दै प्रधानमन्त्री दाहाललाई पदबाट राजीनामा दिन सुझाव दिए । 

Advertisement

उनले गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतले राजीनामा नगरेर पदमा बसिरहेको देख्दा आफू आश्चर्यमा परेको पनि दोहोर्याए । जिम्मेवार भएर पनि गृहमन्त्री श्रेष्ठले राजीनामा नदिएर हिँड्न अपm्ठ्यारो लाग्नुपर्ने होइन ? ओलीको प्रतिप्रश्न थियो ।

उहाँले भन्नुभयो, ‘प्रधानमन्त्री पनि यति अयोग्य, यति नालायक, यति भ्रष्ट सरकारको, यस्तो भ्रष्टताको चाङमाथि उभिएर म नेतृत्व गर्छु भन्न अपm्ठ्यारो हुनुपर्ने हो । उहाँले आफैँ राजीनामा गर्नुपर्ने हो । गृहमन्त्री, अर्थमन्त्रीले त राजीनामा नगरेर कसरी बस्न सकेको ? आठौं र नवौं आश्चर्य भन्नुपर्छ यसलाई ? यो ठूलो आश्चर्यको विषय हो । त्यसमा पनि गृहमन्त्री जसको अभिभारा हो त्यो । जिम्मेवारी हो । त्यो जिम्मेवारी बिल्कुलै बहन नगरेर फेरि पनि मन्त्री भएर, राष्ट्रिय झण्डा हल्लाएर हिँड्न अपm्ठ्यारो लाग्नुपर्ने होइन ? ’

ओलीले देश डरलाग्दो अवस्थामा पुगेकाले सबैले गम्भिर भएर अघि बढ्नुपर्ने समेत बताए । 

Advertisement

Advertisement