कांग्रेस, कम्युनिष्टका नेता कार्यकर्ताले आलोचना धेरै गरेपछि बालेनले आफ्नो ‘स्टाटस’  हटाए

Advertisement

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन (बालेन्द्र) शाहले आफ्नो पछिल्लो ‘स्टाटस’ सामाजिक सञ्जालबाट हटाएका छन् । सामाजिक सञ्जालमा कांग्रेस, कम्युनिष्टका नेता कार्यकर्ताले धेरै आलोचना गर्न थालेपछि बालेनले सोमबार बिहान आफ्नो स्टाटस हटाएका हुन् । 

सघन उपचार कक्षमा रहेको आफ्नो नवजात शिशुलाई दुध खुलाएर शनिबार बेलुकी घर फर्किंदै गरेकी आफ्नी श्रीमतीमाथि ट्राफिक प्रहरीले अनावश्यक दुःख दिने र आरोप लगाउने काम गरेपछि बालेन रुष्ट भएर सरकारको आलोचना गरेका थिए । 

Advertisement

केयर बालेनले महानगरको गाडीहरु अबदेखि रोकेमा सिंहदरबारमा आगो लगाउने चेतावनी दिँदै केन्द्रीय सरकारलाई ‘चोर’को सज्ञा दिएका थिए । सामाजिक सञ्जालमा प्रतिक्रिया जनाएको ४८ घण्टा बित्न नपाउँदै उनले डिलिट गरेका हुन् । 

बालेनले लेखेका थिए, ‘जको लागि केही भएन । भोलीबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने । सिंहदरवारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार ।’ 

स्वतन्त्ररुपमा मेयरमा विजयी भएका बालेन पछिल्लो समय जनतामाझ लोकप्रिय हुँदा ठूला दलका नेता कार्यकर्ताहरुलाई टाउको देखाइको विषय बन्दै आएको छ । 

Advertisement

Advertisement