‘जघन्य अपराधका आरोपीहरुलाई जेलबाट छोड्ने, बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा बनाउने, नेपालीलाई भूटानी शरणार्थी बनाउने, क्विन्टलका क्विन्टल सुन तस्करी गरेर ल्याउने काम प्रजातान्त्रिक हो ?’

राजा ज्ञानेन्द्रलाई नियन्त्रण गर्नुपर्छ भन्ने गणतन्त्रवादी नेताको भनाईप्रति लिङदेनको आपत्ति

Advertisement

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राजावादीहरुले धार्मिक सद्भाव बिथोल्न लागेको भन्ने भनाईप्रति आपत्ति जनाएका छन् । 

शुक्रवार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै उनले राजा ज्ञानेन्द्र शाह र राजावादीहरुले लोकतन्त्र बिरोधी के गतिविधि गरे ? भनि प्रश्न समेत गरे । लिङदेनले राजा ज्ञानेन्द्र र राजावादीहरुले प्रजातन्त्र बिरोधी गतिविधि गरेको भन्दै त्यसलाई नियन्त्रण गर्न भनि दिइएको अभिव्यक्तिप्रति आक्रोश समेत व्यक्त गरे । 

Advertisement

उनले क्विन्टलका क्विन्टल सुन तस्करी गर्ने, जघन्य अपराधमा संलग्नहरुलाई जेलबाट छोड्ने लगायतका काम प्रजातन्त्र हो ? भनि सरकार र सत्तारुढ दललाई प्रश्न समेत गरे । लिङदेनले भने ‘कही साथीहरुले राजावादीहरु धार्मिक सद्भाव विथोल्न लागेका छन् । त्यसको निगरानी गर्नुपर्यो । राजा ज्ञानेन्द्र पनि प्रजातन्त्र बिरोधी गतिविधिमा संलग्न भएका छन् । उनको गतिविधिमा ध्यान दिनुपर्यो भनेर आग्रह गरे । अनुरोध गरे । कुन त्यस्तो गतिविधि रहेछ ? राजावादीहरुको, जसले धार्मिक सद्भाव बिथोल्न लागेको छ ? र, राजा ज्ञानेन्द्रको कुन त्यस्तो गतिविधि रहेछ, जसले प्रजातन्त्रलाई अवरुद्ध गरिराखेको छ ? प्रजातन्त्र बिरोधी भएको छ ? म त्यसको जानकारी लिन चाहन्छु । त्यसको बारेमा प्रष्ट पार्न म ती वक्ता साथीहरुलाई आग्रह गर्न चाहन्छु ।’  

उनले थपे, ‘जघन्य अपराधका आरोपीहरुलाई जेलबाट छोड्ने, बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा बनाउने, नेपाली नागरिकलाई भूटानी शरणार्थी बनाउने, क्विन्टलका क्विन्टल सुन तस्करी गरेर ल्याउने काम प्रजातान्त्रिक हो ? म सोध्न चाहन्छु । ’ लिङदेनले नेपाली जनतालाई भूटानी शरणार्थी बनाउने काम प्रजातान्त्रिक हो ? भन्दै प्रश्न समेत गरे । 

Advertisement

Advertisement