‘एक्चुरी’ नियुक्तिसम्बन्धी मार्गदर्शन तयार गर्न प्राधिकरणले माग्यो सरोकारवालासँग सुझाव

Advertisement

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमांकी (एक्चुरी) नियुक्तिसम्बन्धी मार्गदर्शन, २०८०, तयार गर्न सरोकारवालासँग सुझाव माग गरेको छ । 

प्राधिकरणले आफ्नो वेभसाइटमा बिहीबार सूचना प्रकाशित गर्दै रायसुझाव माग गरेको हो । बीमा प्राधिकरणले बीमांकीको नियुक्तिसम्बन्धी कसैले राय सुझाव दिन चाहेमा लिखितरुपमा दिनुपर्ने बताएको छ । साथै, प्राधिकरणको कार्यालयमै गएर पनि सुझाव दिन सकिने छ ।  

Advertisement

यसअघि प्राधिकरणले सरोकारवालाको कुनै कुरा नसुनी एकलौटी ढंगले निर्णय गर्दा बीमा क्षेत्रलाई असर पर्ने गरेको भन्दै रायसुझाव लिने संस्कारको विकास गर्न आग्रह हुने गरेको थियो । सोही कुरालाई मनन गर्दै प्राधिकरणले सुझाव लिन थालेको हो । 

एउटा बीमा कम्पनीको बीमांकीले अर्कोमा काम गर्न नपाउने तर बीमांकीको संख्या पनि कम हुँदा समस्या हुने गरेको भन्दै कम्पनीका सीईओहरुले यो समस्या समाधान गर्न प्राधिकरणसँग माग गर्दै आएका छन् । 

त्यस्तै, उनीहरुले बीमा कम्पनीमा एक पटक र प्राधिकरणमा अर्कोपटक गरी दोहोरो बीमांकीमार्फत एउटै हिसाबकिताब चेकजाँच गर्ने कुरा झन्झटिलो भएको, यसले दोहोरो खर्च हुने गरेको भन्दै कम्पनीले गरेको बीमांकीय मूल्यांकनलाई प्राधिकरणले विश्वास नगर्ने अहिलेको अवस्था अन्त्य हुनुपर्ने आवाज उठाउँदै आएका छन् । नयाँ मार्गदर्शन जारी भएसँगै आगामी दिनमा त्यस्ता समस्याको अन्त्य हुने कम्पनीहरुले अपेक्षा गरेका छन् । 

Advertisement

Advertisement