सानिमा रिलायन्सको सञ्चालक समिति अध्यक्षमा केडिया

Advertisement

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको सञ्चालक समितिको अध्यक्षमा रतनलाल केडिया चयन भएका छन् । कम्पनीको छैठौं वार्षिक साधारण सभाबाट निर्विरोध निर्वाचित सञ्चालक समितिले उनलाई अध्यक्ष चयन गरेको हो । 

सभाबाट केडियासहित कुमार कोइराला, भरत तोदी, सुवर्णदास श्रेष्ठ, केशव राज केसी र परिक्षीत खेम्का चयन भएका थिए । केडियाले आइतबार नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालबाट पद तथा गोपनियताको शपथ लिए । 

Advertisement

अध्यक्ष केडियाबाट अन्य सञ्चालकहरुले शपथ लिएको कम्पनीले जनाएको छ । 

Advertisement

Advertisement