मौसम खराब भएसँगै काठमाडौं लगायत अन्य गन्तव्यहरुमा उडान प्रभावित

Advertisement

काठमाडौं । मौसम खराब भएसँगै काठमाडौं लगायत अन्य गन्तव्यहरुमा उडानहरु प्रभावित भएको छ । केही अन्तर्राष्ट्रिय तथा आन्तरिक उडानहरु प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।

आज अपराह्न भारतको मुम्बईबाट काठमाडौं आएको इण्डिगो एयरलाइन्सको जहाज काठमाडौं अवतरण गर्न नसकेपछि भारतको लखनऊ ‘डाइभर्ट’ भएको छ भने आन्तरिक उडान तर्फा केही एयरलाइन्सहरु जहाँबाट काठमडौं आउँन लागेका थिए त्यही नै फर्किएका छन् । 

Advertisement

काठमाडौंको वरिपरि हल्का वर्षासँगै मौसम खराब देखिएको तथा अन्य गन्तव्यहरुमा पनि मौसम प्रतिकुल देखिएको हुँदा उडानहरु प्रभावित भएका छन् ।

Advertisement

Advertisement