धावनमार्गमा खाल्डो परेपछि आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरु प्रभावित

Advertisement

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल धावनमार्गमा साना खालका खाल्डाखुल्डी परेको भन्दै विमानस्थल कार्यालयले सबै आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरु बन्द गरेको छ । 

विमानस्थल कार्यालयका अनुसार पौने घण्टाका लागि सबै उडान बन्द गरेर मर्मतको काम सुरु गरिएको हो । धावनमार्गको कोटेश्वर खण्डमा यस्ता खाल्डाहरु देखिएको हो । सुरक्षाका लागि चुनौति बन्नसक्ने यस्ता खाल्डाहरु टाल्नका लागि केही समय उडान बन्द गरेर काम गर्नुपरेको कार्यालयको भनाई छ । 

Advertisement

मर्मत कार्यका कारण अवतरण हुनुपर्ने थुप्रै उडानहरु अहिले आकाशमा होल्ड गरिएको छ । विमानस्थल कार्यालयका प्रवक्ता सुवाश झाले मर्मतको काम सम्पन्न भइसकेकाले केही बेरमा नै उडान र अवतरणको काम सुरु हुने बताए । 

Advertisement

Advertisement