कांग्रेस पूरानै अडानमा फर्कियो, सहमतिको संभावना कमजोर बन्दै, बजेट के होला ?

Advertisement

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय छानबिन समितिको कार्यादेशमा पूरानो अडान कायमै राख्ने निर्णय गरेको छ ।

आज (आइतबार) बिहान कांग्रेस नेताहरुको आन्तरिक छलफलले सहकारीको रकम अपचलनमा संलग्न व्यक्तिको नाम उल्लेख गरी छानबिन समिति गठन हुनुपर्ने अडानमा कायम रहने निर्णय गरेको हो ।

Advertisement

कांग्रेसले आजकै लागि सडक प्रदर्शन र विरोध सभाको आयोजना गर्दैछ । यसअघिको बैठकमा मध्यमार्गी बाटो खोज्न लचक भएको कांग्रेस आज भने पूरानै अडानमा देखिएको हो । 

आजको बैठकपछि कांग्रेस सहमहामन्त्री जीवन परियारले भने, ‘गोर्खा मिडिया नेटवर्कको नाम मात्र लिएर त पुग्दैन होला । कम्तिमा त्यहाँ संलग्न व्यक्तिहरु को को हुन् भन्नेबारेमा पनि उल्लेख नगरिकन छानबिन हुन सक्दैन भन्ने हाम्रो अडान कायमै छ ।’

तर, सत्ता पक्षका नेताहरुले संस्थाको नाम उल्लेख गरेपछि व्यक्तिको नाम उल्लेख गर्न नपर्ने अडान राखेका छन् । त्यसमा कांग्रेस सहमत छैन । परियारले सत्तारुढ दलका नेताहरुले चलाखीपूर्ण कुरा गरिरहेको भन्दै कुनै पनि सहकारीबाट पैसा लिंदा नियमसम्मत लियो कि लिएन ? त्यो कम्पनीमात्र जवाफदेही हुने कुरा हो भने । 

आन्तरिक छलफलअघि सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहासँग छलफल गरेका थिए । देउवालाई भेट्न दाहाल आफै बूढानीलकण्ठ पुगेका थिए । सहमतिको संभावना कमजोर हुँदै जाँदा जेठ १५ मा संसदमा प्रस्तुत गर्नुपर्ने बजेट पनि अन्योलमा परेको छ । 

Advertisement

Advertisement