संदीपलाई भिसा दिन फेरि पनि अमेरिकी राजदूतद्धारा अस्वीकार

Advertisement

काठमाडौं । अन्तरवार्ताका लागि पुनः अमेरिकी दूतावास पुगेका क्रिकेटर सन्दीप लामिछानेको भिसा फेरि पनि अस्वीकृत गरिएको छ ।

टी ट्वान्टी विश्वकप क्रिकेट खेल्न उनले दिएको आवेदन अस्वीकार यसअघि पनि भएको थियो । खेलकुदमन्त्रीलगायतले कुटनीतिक पहल गरेपछि अमेरिकी दूतावासले फेरि संदीपलाई बिहीबार अन्तरवार्ताका लागि बोलाएको थियो । 

Advertisement

तर अमेरिकी राजदूतले उनलाई भिसा दिन अस्वीकार गरेको छ । बलात्कार आरोपमा सफाई पाएका संदीपलाई भिसा नदिन थुप्रै गैरसरकारी र अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, महिलावादी र अधिकारवादी संगठन क्रियाशील थिए । 

अन्तर्राष्ट्रियस्तरमा समेत ख्यातीप्राप्त नेपाली खेलाडी संदीपलाई भिसा नदिनु अर्थपूर्ण देखिन्छ । नेपाली क्रिकेट समर्थकहरुले उनलाई भिसा दिनुपर्ने माग राख्दै सामाजिक सञ्जाल र सडकबाट दबाब सिर्जना गरेका थिए ।

Advertisement

Advertisement