कांग्रेस सरकारले सिफारिस गरेका भारत, अमेरिकासहित ११ देशका राजदूतलाई फिर्ता बोलाइयो

Advertisement

काठमाडौं । सरकारले भारत र अमेरिकासहित ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । उनीहरु अधिकांश नेपाली कांग्रेस सम्मिलत अघिल्लो सरकारले नियुक्त गरेकाहरु हुन् । 

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले भारत, अमेरिका, बेलायत, साउदी अरब, दक्षिण कोरिया, मलेसिया, स्पेन, डेनमार्क, इजरायल, कतार र पोर्चुगलका लागि नेपाली राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

Advertisement

भारतमा डा. शंकर शर्मा, अमेरिकामा श्रीधर खत्री, बेलायतमा ज्ञानचन्द्र आचार्य राजदूत छन् । उनीहरुलाई तत्कालिन शेरबहादुर देउवा नेतृत्वको सरकारले २०७८ कात्तिकमा नियुक्तिका लागि सिफारिस गरेको थियो । 

यस्तै, साउदी अरेबियामा नवराज सुवेदी, दक्षिण कोरियामा ज्योति प्याकुरेल, मलेसियामा डिल्लीराज पौडेल, स्पेनमा शर्मिला पराजुली ढकाल, डेनमार्कमा डा. रामसुरज यादव र इजरायलमा शान्ति रिजाललाई पनि फिर्ता बोलाइएको छ । उनीहरुलाई पनि देउवा सरकारले नियुक्तका लागि सोही समयमा सिफारिस गरेको थियो । 

सोही बेला सिफारिस भएर नियुक्ति पाएका चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ र रसियाका लागि मिलन तुलाधरलाई भने फिर्ता बोलाइएको छैन । फिर्ता बोलाइनेमा कतारका लागि नेपाली राजदूत नरेशविक्रम ढकाल र पोर्चुगलका लागि नेपाली राजदूत सनिल नेपाल पनि छन् । 

Advertisement

Advertisement