नेपाल पर्वतारोहण संघद्वारा गन्जला चुली आरोहण गर्न लागेका २७ जना महिला टोलीलाई विदाइ

Advertisement

काठमाडौं । नेपाल पर्वतारोहण संघद्वारा सिन्धुपाल्चोकस्थित गन्जला चुली हिमाल आरोहण गर्न जाने लागेका २७ जना महिलाको टोलीलाई विदाई गरिएको छ ।  

संघले आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै २७ जना महिला टोलीलाई विदाई गरेको हो ।  

Advertisement

उक्त अवसरमा नेपाल पर्वतारोहण संघका वरिष्ठ उपाध्यक्ष ठाकुरराज पाण्डेले उक्त टोलीलाई विदाई तथा शुभकामना दिन्दै काठमाडौंबाट नजिक सिन्धुपाल्चोक जिल्लामा रहेको पिकको यसरी २७ जना महिलाको टोलीले सिन्धुपाल्चोकबाट नयाँ रुट खुल्ला गर्न लागेको आफैंमा ठूलो कुरा भएको बताए । भोलिको दिनमा यस आरोहणले संघबाट आरोहण अनुमति लिएर आरोहण गर्ने पिकहरुको प्रवर्नमा पनि सहयोग मिल्ने बताए । 

सिन्धुपाल्चोकको पाचपोखरी थाङपाल गाउपालिकामा रहेको गन्जला चुली (कागा) ५ हजार ८ सय ६३ मिटर उचाइमा रहेको र उक्त चुली आरोहणका लागि २७ जना महिला टोली असार १५ गते काठमाडौंबाट सिन्धुपाल्चोक तर्फ प्रस्थान गर्न लागेको सिन्धुपाल्चोककी राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सभापति तथा पर्वतारोही माया गुरुङले बताइन् ।

आरोहण अवधि २ हप्ताको रहने छ । गन्जला–चुली तालिम र ट्रेकिङ रुटको रुपमा विकास गर्न यो आरोहण गर्न लागेको उनले जानकारी दिइन् ।

null

Advertisement

Advertisement