बैदेशिक रोजगार बीमालेखबापत २ अर्ब ८७ करोड बीमाशुल्क संकलन, कुनको कति ? (सूचीसहित)

Advertisement

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आवको ११ महिना अर्थात जेठ मसान्तसम्म २ अर्ब ८७ करोड ७७ लाख रुपियाँ बराबरको बैदेशिक रोजगार बीमालेख जारी गरेका छन् । 

१४ जीवन बीमा कम्पनीहरुमध्ये १० वटाले यस्तो बीमालेख जारी गरेका छन् । २० लाख ६७ हजार ६ सय ३ वटा बीमालेख जारी गरी उक्त परिमाणको रकम संकलन गरेको नेपाल बीमा प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ । 

Advertisement

बैदेशिक रोजगार बीमालेख बापत सबैभन्दा बढी सन नेपाल लाइफ इन्स्योरेन्सले ७४ करोड ७९ लाख रुपियाँ कूल बीमा शुल्क संकलन गरेको छ । 

दोस्रोमा नेपाल लाइफले ५८ करोड र तेस्रोमा आइएमई लाइफले ३४ करोड १ लाख रुपियाँ बीमा शुल्क संकलन गरेको छ । 

सबैभन्दा कम प्रभु महालक्ष्मी लाइफले बैदेशिक रोजगारी बीमालेख बापत १८ लाख रुपियाँ बीमा शुल्क संकलन गरेको प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ । 

कम्पनीहरुले बैदेशिक रोजगार बीमालेख बापत जेठ महिनामा मात्रै २९ करोड ६६ लाख रुपियाँ कूल बीमा शुल्क संकलन गरेका छन् । ७१ हजार ७८ बीमालेख बिक्री गरी उक्त परिमाणमा रकम संकलन गरेको प्राधिकरणले जनाएको छ ।

undefined


  
 

Advertisement

Advertisement