सिप्रदी र यात्रीबीच दुई पांग्रे विद्युतीय सवारी साधन उत्पादनमा सम्झौता

Advertisement

काठमाडौं । सिप्रदी र यात्रीबिच स्वदेशमै विद्युतीय दुई पांग्रे सवारी साधन उत्पादन गर्नका लागि रणनीतिक साझेदारीको रुपमा सम्झौता भएको छ । 

देशको बाटो र माटो सुहाउँदो  तथा नेपाली ग्राहकवर्गको बदलिँदो इच्छा एवं आवश्यकतालाई परिपूर्ति गर्ने विश्वासको साथ सिप्रदी र यात्रीले गुणस्तरीय दुइ पांग्रे सवारी उत्पादन गर्न यो सम्झौता भएको हो ।   

Advertisement

सिप्रदी मुख्यतः अटोमोटिभ तथा एलाइड व्यवसायमा सन् १९८२ वर्षदेखि आवद्ध रहेको छ । नेपालमै पहिलो इलेक्ट्रिक मोटरसाइकल पी–० र पी–१ बनाएर चर्चा कमाएको यात्री, नेपाली युवाहरुको बीचमा चर्चित ब्राण्ड हो । 

यात्री डिजाइन स्टुडियोले उत्पादन गरेको यात्री मोटरसाइकल नेपाली विद्युतीय दुई पांग्रे उत्पादन उद्योगमा कोशे ढुंगा साबित भएको छ । 

देशमा वातावरण मैत्री यातायात प्रणाली विकास एवं विस्तार गर्नुका साथै नेपाली युवा व्यवसायिलाई प्रोत्साहन गर्नका लागि यो सम्झौता प्रभावकारी हुने विश्वास दुवै पक्षले लिएको छ ।
 

Advertisement

Advertisement