गए रातिको बाढीले अपर ईखुवा खोला जलविद्युत आयोजनामा ठूलो क्षति, तीन जना बेपत्ता

Advertisement

काठमाडौं । आरती पावर कम्पनीले निर्माण गरिरहेको भोजपुरको अपर ईखुवा खोला जलविद्युत आयोजनामा गए राति आएको बाढीले ठूलो क्षति पुर्याएको छ । 

निर्माणकार्य भईरहेको १४.५ मेवावाट क्षमताको अपर ईर्खुवा खोला जलविद्युत् आयोजनामा गए राति इखुवा खोलामा आएको बाढीले ठूलो क्षति गरेको उर्जा उत्पादकहरुको संस्था इप्पानले जनाएको हो । 

Advertisement

निर्माण कार्यमा खटिएका श्याम चौधरी र रमेश चौधरी बेपत्ता भएको र रामकुमार चौधरीलाई करिब १ किलोमिटर तल घाइते अवस्था भेटिएको जनाइएको छ । एक जना स्थानीय महिला पनि बेपत्ता भएकी छन् । 

आयोजनाको निर्माणकार्य खटिएका लेवर क्याम्प, क्सर, जडान गरिएको करिब पाँच सय मिटर पाइप समेत बाढीले बगाएको छ ।

त्यस्तै, भोजपुरमै निर्माण कार्य भइरहेको ४.३ मेगावाट क्षमताको फेदिखोला जलविद्युत् आयोजनामा पनि बाढीले ठूलो क्षति पुर्याएको छ । 

Advertisement