सिद्धार्थ बैंकको नाफासँगै खराब कर्जा बढ्यो, वितरणयोग्य मुनाफा ३६ करोड ६६ लाख मात्रै

Advertisement

काठमाडौं । सिद्धार्थ बैंकले गतको आर्थिक वर्ष तीन अर्ब एक करोड रुपियाँ खुद नाफा कमाएको छ । सोमबार सार्वजनिक गत बर्षको अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकको खुद नाफा गत अघिल्लो बर्षको सोही अवधिको तुलनामा ४.७८ प्रतिशतले घटेको हो । 

अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले तीन अर्ब १६ करोड रुपियाँ खुद नाफा कमाएको थियो। खुद ब्याज आम्दानी सामान्य घटेकोले बैंकको नाफा घटेको हो । 

Advertisement

गएको आवमा बैंकको खुद ब्याज आम्दानी २.३३ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी ३.४३ प्रतिशत बढेको छ। त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी ०.६१ प्रतिशत र सञ्चालन मुनाफा ६.१० प्रतिशत घटेको छ । 

यस अवधिमा बैंकको खराब कर्जा २.०१ प्रतिशतबाट बढेर २.२२ प्रतिशत पुगेको छ। नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा सिदार्थ बैंकको यस्तो आम्दानी १ रुपियाँ ७ पैसा घटेर २१ रुपियाँ ४० पैसामा झरेको छ । 

असार मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १९६ रुपियाँ ३६ पैसा र मूल्य आम्दानी अनुपात १३.२२ गुणा रहेको छ। सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा भने ३६ करोड ६६ लाख रुपियाँ रहेको छ।

संचित कोषमा १३ अर्ब ५७ करोड रहेको सिदार्थ बैंकको चुक्ता पुँजी १४ अर्ब आठ करोड रुपियाँ छ । गएको आवमा बैंकको निक्षेप ७.९० प्रतिशत बढेको छ भने कर्जा ६.१५ प्रतिशत बढेको छ ।

Advertisement