काठमाडौं आउँदै गरेको बुद्ध एयरमा बच्चा बेहोस् भएपछि पुनः विराटनगर नै फर्काइयो

Advertisement

काठमाडौं । विराटनगरबाट काठमाडौं आउँदै गरेको  बुद्ध एयरको जहाज पुनः विराटनगरनै फर्किएको छ ।

मेडिकल इमरजेन्सीपछि जहाज विराटनगर नै फर्किएको त्रिभुवन अन्तर्राष्टिय विमानस्थलले जनाएको छ । विमानस्थलका अनुसार बुधबार काठमाडौं आउँदै गरेको ९ एन एएनआई जहाज १८ हजार फिटमाथि उडान गरिरहँदा एक यात्रु (बिरामी बच्चा) बेहोस भएपछि विराटनगर नै फर्किएको हो ।

Advertisement

बच्च बेहोस भएपछि मेडिकल इमरजेन्सी घोषणा गर्दै विमान फर्किएको त्रिभुवन विमानस्थलस्थित बुध्द एयरको कार्यालयले जानकारी दिएको छ ।

Advertisement