बैंकहरुले तिर्ने आयकर ३० अर्ब पुग्यो, नम्वर वान ‘ट्याक्स पेयर’मा नविल, कुनले कति ?

Advertisement

काठमाडौं । गत आर्थिक बर्ष २०८०–८१ मा बाणिज्य बैंकहरुले सरकारलाई २९ अर्ब ९८ करोड ८९ लाख रुपियाँ आयकर तिर्ने भएका छन् । बाणिज्य बैंकहरुले सार्वजनिक गरेको गत आवको वित्तीय विवरणले उनीहरुले तिर्ने आयकर झण्डै ३० अर्ब पुगेको देखाएको हो । 

बैंकहरुले नाफाको ३० प्रतिशतको दरमा आयकर तिर्नुपर्ने व्यवस्था छ । हाल नेपालमा २० बाणिज्य बैंक सञ्चालनमा छन् । गत आवमा उनीहरुको कुल नाफा ९४ अर्ब १४ करोड १९ लाख रुपियाँ थियो । आयकर तिरेपछि बैंकहरुको खुद नाफा ६४ अर्ब १५ करोड ३० लाख ९१ हजार रुपियाँ कायम भएको छ । 

Advertisement

बाणिज्य बैंकहरुले तिर्ने कर गत आवमा १६ प्रतिशतले बढेको पनि देखिन्छ । अघिल्लो आव २०७९–८० मा बाणिज्य बैंकहरुले २५ अर्ब ९१ करोड २८ लाख ८१ हजार रुपियाँ आयकर तिरेका थिए । नाफा बढेपछि सरकारलाई दिने आयकर पनि स्वतः बढेको बैंकरहरु बताउँछन् । 

समीक्षा बर्षमा नविल बैंकले सबैभन्दा धेरै आयकर तिर्नेछ । तथ्यांकअनुसार उक्त बैंकले दुई अर्ब ७३ करोड ५२ लाख ४३ हजार रुपियाँ कर तिर्नुपर्ने देखिन्छ । दोस्रो स्थानमा प्रभु बैंक रहेको छ । उक्त बैंकले दुई अर्ब ५७ करोड ३६ लाख २६ हजार रुपियाँ आयकर तिर्नुपर्नेछ । 

धेरै कर तिर्ने मामिलामा तेस्रो स्थानमा ग्लोबल आईएमई बैंक रहेको छ । उक्त बैंकले दुई अर्ब ५५ करोड १२ लाख ६४ हजार रुपियाँ आयकर तिर्नुपर्नेछ । यसैगरि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले दुई अर्ब १४ करोड ४१ लाख ५९ हजार, एभरेष्ट बैंकले एक अर्ब ९० करोड चार लाख १७ हजार, राष्ट्रिय बाणिज्य बैंकले एक अर्ब ८९ करोड ९४ लाख ५८ हजार, प्राइम बैंकले एक अर्ब ६५ करोड ३९ लाख १८ हजार, कृषि विकास बैंकले एक अर्ब ६४ करोड तीन लाख १५ हजार, स्ूटाण्डर्ड चार्टर्ड बैंकले एक अर्ब ४१ करोड ८१ लाख २३ हजार, सिद्धार्थ बैंकले एक अर्ब ३४ करोड ४५ लाख ७० हजार, लक्ष्मी सनराइज बैंकले एक अर्ब २३ करोड ५७ लाख ३३ हजार र नेपाल बैंकले एक अर्ब २३ करोड ४६ लाख ९५ हजार रुपियाँ आयकर तिर्नुपर्ने छ ।

यस्तै, हिमालयन बैंकले एक अर्ब २० करोड ८३ लाख २२ हजार, एनएमबि बैंकले एक अर्ब ६६ लाख २६ हजार, सानिमा बैंकले ९७ करोड २३ लाख ७६ हजार, नेपाल एसबीआई बैंकले ८६ करोड ५३ लाख २८ हजार, सिटिजन्स बैंकले ७४ करोड ४३ लाख ७७ हजार, माछापुच्छ्रे बैंकले ६९ करोड पाँच लाख १५ हजार र एनआईसी एसिया बैंकले ५४ करोड ९३ लाख नौ हजार रुपियाँ आयकर तिर्नुपर्ने छ । बैंकहरुले आयको आधारमा अग्रिमरुपमा आयकर बुझाउँदै जाने भएकाले बाँकी रहेको रकम लेखापरीक्षणपछि एकमुष्ठ बुझाउनुपर्दैन् ।   
 
कुन बैंकले तिर्ने आयकर कति ? 
१. नविल बैंक  – दुई अर्ब ७३ करोड ५२ लाख ४३ हजार
२. प्रभु बैंक – दुई अर्ब ५७ करोड ३६ लाख २६ हजार
३. ग्लोबल आईएमई बैंक – दुई अर्ब ५५ करोड १२ लाख ६४ हजार
४. नेपाल इन्भेष्टमेण्ट मेगा बैंक – दुई अर्ब १४ करोड ४१ लाख ५९ हजार
५. एभरेस्ट बैंक – एक अर्ब ९० करोड चार लाख १७ हजार
६. राष्ट्रिय वाणिज्य बैंक – एक अर्ब ८९ करोड ९४ लाख ५८ हजार
७. प्राइम कर्मशियल बैंक – एक अर्ब ६५ करोड ३९ लाख १८ हजार
८. कृषि विकास बैंक – एक अर्ब ६४ करोड तीन लाख१५ हजार
९. कुमारी बैंक – एक अर्ब ६२ करोड पाँच लाख २९ हजार
१०. स्ट्यान्डर्ड चार्टर्ड बैंक – एक अर्ब ४१ करोड ८१ लाख २३ हजार
११. सिद्धार्थ बैंक – एक अर्ब ३४ करोड ४५ लाख ७० हजार
१२. लक्ष्मी सनराइज बैंक – एक अर्ब २३ करोड ५७ लाख ३३ हजार
१३. नेपाल बैंक – एक अर्ब २३ करोड ४६ लाख ९५ हजार
१४. हिमालयन बैंक – एक अर्ब २० करोड ८३ लाख २२ हजार
१५. एनएमबी बैंक – एक अर्ब ६६ लाख २६ हजार
१६. सनिमा बैंक – ९७ करोड २३ लाख ७६ हजार
१७. नेपाल एसबीआई बैंक – ८६ करोड ५३ लाख २८ हजार
१८. सिटिजन्स बैंक – ७४ करोड ४३ लाख ७७ हजार
१९. माछापुच्छ्रे बैंक – ६९ करोड पाँच लाख १५ हजार
२०. एनआईसी एशिया बैंक – ५४ करोड ९३ लाख नौ हजार

Advertisement